Breaking News:

कहि नभएको जात्रा पोखरा सस्तो बजारमा !
बर्ड फ्लु संक्रमणमित क्षेत्रका पंक्षी र पंक्षीजन्य पदार्थ नष्ट,आसपासको क्षेत्र पनि उच्च निगरानीमा
पोखरामा बर्ड फ्लु को संक्रमण,खाल्टेमसिनामा पंक्षीजन्य पदार्थ आयत निर्यात रोक(भिडियो सहित)
BREAKING NEWS : पोखरामा वर्ड फ्लू , खाल्टेमसिनामा १७ हास र ११ कुखुरा मरे
पोखरामा पावर ट्रेलर हटाउने प्रारम्भिक अभियान, सवारी चाप हुने रुटमा निषेध
पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव

सातौ पोखरा महोत्सवको अनलाइन पार्टनरमा पीसपोखरा डटकम

48
peacepokhara-1

गिता राना मगर, पोखरा २४ पुस । सातौ संस्करणको पोखरा महोत्सवको अनलाइन मिडिया पर्टनरमा पीसपोखरा डटकमले सहयोग गर्ने भएको छ । युनाइटेड क्लवले आयोजना गर्न लागेको सातौ संस्करणको पोखरा महोत्सवलाई अनलाईनको माध्यामबाट सहयोग गर्ने सहमती सहित पीसपोखरा डटकम र महोत्सव आयोजक युनाइटेड क्लव वीच मिडिया पार्टनरको सहमती पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार युनाइटेड क्लवका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठ र पीसपोखरा डटकमका सञ्चालक गोकुल बानिया बीच हस्ताक्षर भएको हो । सहमती पत्रमा हस्ताक्षर पछि वोल्दै पीस पोखरा डटकमका सञ्चालक गोेकुल बानियाले पछिल्लो समय सामाजिक सञ्जाल अनलाईन सञ्चार माध्याम निकै प्रभावकारी भएकाले महोत्सवको प्रचार प्रसारमा पनि अनलाइनले ठूलो भुमिका खेल्ने वताउदै सातौ पोखरा महोत्सवलाई पीस पोखरा डटकमले सहयोग गर्ने वताए ।

त्यस्तै क्लवका महासचिव तथा प्रचार प्रसार संयोजक राजु श्रेष्ठले अनलाइन मिडियाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म पनि समाचारबाट बिभिन्न घटनाहरुको बारेमा जानकारी दिने भएकाले पीस पोखरा संग सहकार्य गरेको वताए । महोत्सवलाई भब्य र सभ्य बनाउन सञ्चार कर्मी र सञ्चार माध्यामको ठूलो भुमिका रहने भएकाले महोत्सवलाई सफल बनाउन सवैको भुमिका रहने वताए ।

पुस २९ देखि माघ १० गते सम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको समेत श्रेष्ठले जानकारी दिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook