Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

सहारा युकेको अध्यक्षमा मिन वहादुर (साइला)

10
sahara-hongkong

पोखरा, ३ पुष ।  सहारा युकेको अध्यक्षमा मिन वहादुर गुरुङ्ग (साइला) चयन भएका छन । सहारा क्लव युकेको हालै सम्पन्न भेलाले मिन बहादुर सहित १८ सदस्यिय कार्य समिती चयन गरेको हो । सहारा क्लवका सल्लाहाकार रहेका महेश गुरुङ्गको संयोजकत्वमा गठित निर्वाचन समितीले नयाँ कार्यसमिती चयन गरेको हो । युकेमा बसेर कर्म थलो बनाउँदै आएका नेपालीहरुले सहारा युके गठन गरि पोखराको सहारा क्लवलाई सहयोग पुर्याउँदै आएका छन ।

नव निर्वाचित कार्य समितीलाई जेष्ठ सम्मानित नागरिक ले. जस बहादुर गुरुङ्गले खादा लगाएर सम्मान गरेका थिए । निर्वाचित कार्यसमितीको उपाध्यक्षमा कुमार गुरूङ, महासचिबमा कृष्ण गुरूङ र सचिबमा ओम गुरूङ, कोषाध्यक्षमा नारायण गुरूङ र सरद गुरूङ सहकोषाध्यक्षमा सहारा एफसिका अध्यक्ष ले. कुसाङ गुरूङ्ग र सदस्यमा धनु थकालि, मनोज गुरूङ किशोर गुरूङ, नवल गुरूङ, सजिंब गुरूङ, योगेश गुरूङ, प्रकाश गुरूङ, मिलन गुरूङ, बाचस्पति रेग्मी, दिपक गुरूङ र टीका गुरूङ रहेका छन ।

नव निर्वाचित कार्यसमितीलाई निवर्तमान अध्यक्ष दिलिप गुरुङ्गले सफलताको शुभकामना दिएका थिए । सन २००८ मा स्थापन भएको सहारा युकेको हरेका दुई वर्षमा निर्वाचन हुने गरेको छ । सहारा युकेको संस्थापकमा नविन गुरुङ्ग रहेका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook