• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

  • शुक्ला गण्डकीको महायज्ञ सुरु, शिक्षालय बेरोजगार उत्पादन गर्ने थलो हुनुहुँदैन ः मुख्य मन्त्री   |   24 Apr 2018

  • बिहे गरेको ६ दिनपछि उमेर नपुगेको भन्दै रद्द   |   24 Apr 2018

  • २५ बुँदे नीति कार्यक्रम तय गर्दै सकियो नेल्टाको विधान अधिवेशन   |   24 Apr 2018

 

सरु भक्तलाई मुक्तक मञ्च पोखराले सम्मान गर्ने

26 Mar 2018

पोखरा, १२ चैत । साहित्यकार सरु भक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट सम्मान गरिने भएको छ ।

मुक्तक मञ्च पोखराले उहाँलाई सम्मान गर्न लागेको हो । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै हरेक दुई वर्षमा प्रदान गरिने यो पुरस्कारको राशि २२ हजार २ सय २२, ताम्रपत्र र दोसल्ला रहेको छ ।

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्रह हो, उहाँका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ती मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो ।

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसक्नुभएको छ । मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा उक्त पुरस्कार अर्पण गरिने आर्थिक उपसमिति संयोजक गौरी तमुले बताउनुभयो ।

सो महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका ४० भन्दा बढी मुक्तककारका मुक्तक वाचन गरिने भएको छ ।

  •  
  •  
  •  
  •  Tweet
2018-03-26
peacepokhara

Related Articles

हत्या आरोपी तनहुँका एक व्यक्ति १३ वर्षपछि पक्राउ

peacepokhara 07 May 2016
पत्रकार महासंघ र फोनिज कार्यसमितिलाई मगर संघको सम्मान

पत्रकार महासंघ र फोनिज कार्यसमितिलाई मगर संघको सम्मान

peacepokhara 29 Apr 2017

मंलबारदेखि मौसममा सुधार आउने

peacepokhara 01 Mar 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved