Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

सडक महोत्सब अबधिभर पोखरामा रात्री बस

320

गोकुल बानियाँ , पोखरा ११ पुस । बुधवारदेखि पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाइडमा सुरु हुने १८ औं सडक महोत्सबका अबसरमा पोखरामा रात्रीबस सञ्चालन गरिने भएको छ । महोत्सबमा जाने आउने दर्शकलाई लक्षित गरी रात्री बस सञ्चालन गर्न लागिएको हो ।

पोखरा बस ब्यवसायी समितिसँगको सहकार्यमा रात्री बस सञ्चालन गर्न लागिएको महोत्सब संयोजक गोपी बहादुर भट्टराईले जानकारी दिए । महोत्सबको अबसरमा पुस १३ देखि १५ गतेसम्म राती ११ बजे तथा १६ गते नयाँ बर्षको स्वागतार्थ विशेष कार्यक्रम हुने रात २ बजेसम्म रात्री बस सञ्चालन हुनेछन् ।

शहिदचोक, वडानम्बर ६ को कार्यालय र डिहिगोपाटन गरी तीन स्थानबाट प्रत्येक १५ मिनेटको फरकमा रात्री बस सञ्चालन हुनेछ । यो बर्ष लामाचौर तथा बाटुलेचौर क्षेत्र सम्म पनि रात्री बसलेसेवा दिने भट्टराईले बताए ।

‘पोखराका अधिकांश क्षेत्रलाई समेटेर सबै रुटमा रात्री बस सञ्चालन हुनेछन्, ’ भट्टराईले भने ‘ निजी सवारीसाधनले पार्किङमा समस्या हुने भएकाले सार्वजनिक सवारी उपयोगका लागि अनुरोध छ । ’ रातको समयमा पनि दिवा सेवाकै भाडादरमा बस सञ्चालन हुने बताइएको छ । रेवान पोखराले यसअघिका महोत्सबमा पनि पोखरा बस ब्यवसायीसँगको सहकार्यमा रात्री बस सञ्चालन गर्दै आएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook