Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

शाहसिक खेल ¥याफ्टिङ र कायाकिङका लागी शाहसिक पर्यटकको मन जित्दै अपर सेती(फोटोफिचर सहित)  

70
upper-seti-139

गिता राना मगर, पोखरा १२ मंसिर । पर्यटकीय शहर पछिल्लो समय शाहसिक पर्यटकको गन्तब्य बन्दै गइरहेको छ । पोखरा प्राकृतिक रुपमा मात्र सुन्दर नभइ यहां सञ्चालन हुने विभिन्न शाहसिक गतिविधीमा विदेशी पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गर्दछ । प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्प, अल्ट्रालाइट संगै पोखरामा पछिल्लो समय नदीमा खेलिने खेल कायाकिङ र ¥याफटिङमा पर्यटकहरु आकर्षित हुन थालेका हुन ।

पोखरा देखि नजिकै रहेको सेती नदीको माथिल्लो भागमा हुने कायाकिङ र ¥याफ्टिङले आन्तरिक र बाह्य पर्यटकको मन जित्दै गएको हो । नदीमा खेलिने शाहसिक खेल पोखराबाट नजिकै रहेकाले पनि पोखरा आउने शाहसिक पर्यटकको पहिलो रोजाइनै कायाकिङ र ¥याफ्टिङ हुने गरेको हो ।

upper-seti-29

पोखराबाट ३० मिनेटको सडक दुरीमा पुग्न सकिने पोखराको खानेपानी मुहान मर्दी दोभानबाट हेम्जा नजिकै जौबारी सम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको सेतीनदीमा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङमा पर्यटकहरुले खेल संगै मनोरन्जन लिने गरेको कायाकिङमा भेटिएका विदेशी पर्यटक वेल्भिनले पिसपोखरा डटकमलाई वताए । अन्य नदीहरु भन्दा शाहसिक र पर्यटकीय क्षेत्र पोखराबाट नजिक भएकाले यहां शाहसिक खेलको बिकास हुनेमा आफु ढुक्क रहेको उनको भनाइ रहेको थियो ।

upper-seti-30

झण्डै एक दशकदेखि पोखराको अपर सेतीमा ¥याफ्टिङ र कायाकिङ जस्ता शाहसिक खेल हुदै आएको नेपाल एशोसियसन अफ ¥याफ्टिङ एजेन्सि नारा पश्चिमाञ्चल क्षेत्रका प्रमुख तथा प्याडल नेपालका सञ्चालक नीम मगरले पिसपोखरा डटकमलाई वताए । मगरले आफुले विगत २५ वर्षदेखि पोखराको सेतीमा ¥याफ्टिङ र कायाकिङबाट आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरन्जन प्रदान गर्दै आएको वताए ।

कालीगण्डकी, मस्र्याङदी लगायतको क्षेत्रमा जान टाढा पर्ने र त्यो क्षेत्रमा भन्दा अपर सेतीमा छालहरु वढी मात्रामा भएकाले पर्यटकहरुले पछिल्लो समय अपर सेतीनै रोज्ने गरेको मगरले वताए । अपर सेतीमा विभिन्न ४ बिद्यामा ¥याफ्टिङ गर्न सकिने छोटो समयमानै अन्य ठाउको ¥याफ्टिङको भन्दा बढी मनोरन्जन लिन सकिने हिमाल देखिने भएकाले पनि पर्यटकहरुको पहिलो रोजाइमा परेको उनको भनाइ रहेको थियो ।

upper-seti-141

पर्यटकहरुलाइ बिहान र दिउसो गरी दुइ चरणमा ¥याफ्टिङ गराउदै आएका छन । पोखराको अपर सेतीमा असोज, कार्तिक, मंसिर र माघदेखि बैशाख सम्म ¥याफ्टिङ तथा कायाकिङ गर्न सकिन्छ । पोखराबाट नजिक भएपनि अहिले सम्म यसको वारेमा त्यति चर्चा सुन्नमा आएको पाइदैन । अन्य क्षेत्रहरु तल्लो सेती, मस्र्याङदी, कालीगण्डकीको जति प्रचार प्रसार हुने गरेको छ त्यति यसको प्रचार प्रसार गर्न सकिने हो भने अपर सेतीको पनि महत्व वढ्ने थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook