• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 
????????????????????????????????????

रिमझिमको विशेष सांगीतिक साँझमा दर्शकको ओइरो

07 Mar 2017

पोखरा २४ फागुन । पोखरा बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टमा विशेष सांगीतिक साँझ चलिरहेको छ । दोहोरी साँझले दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । फागुन २० गते बाट सुरु भएको विशेष साँगीतिक साँझ फागुन २८ गतेसम्म जारी रहनेछ ।

राष्ट्रिय तथा स्थानिय कलाकारको सहभागिता रहेको विशेष साँगीतिक साँझमा दोहोरीको मज्जा लिन पुग्ने ग्राहकको संख्या बढ्दै गएको कार्यक्रम संयोजक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले बताए । ‘दोहोरी पारखी दर्शकले हामीलाई राम्रो साथ दिनु भएको छ यसले हामीलाई अगाडी बढ्न उर्जा थपेको छ’ न्यौपानेले भने ।

विशेष सांगीतिक साँझ अवधिभरमा बद्री पंगेनी, रमेश विजी, पशुपती शर्मा, शर्मिला गुरुङ, वसन्त थापा, राजन गुरुङ, जीवन दाहाल, प्रीति आले, तारानाथ आचार्य, शंकरविरही गुरुङ, राजन कार्की, माया गुरुङ, शंकर पन्त, गणेश रानाले पालैपालो आफ्नो पस्तुती राख्नेछन् ।

नियमित कलाकारको रुपमा पुरुषोत्तम न्यौपाने, कुमार पुन, श्रीराम अधिकारी, शान्ति डोटेल, विमल गायक, माधव गुरुङ, राजेन्द्र परियार, सपना, करिष्मा, सुरज सिन्दौली, होम नेपाली, राजिव गुरुङ, जितेन्द्र सेन्चुरी, कृष्ण सेन्चुरीले आफ्नो प्रस्तुती राखिरहेका छन् ।

साँझमा आधुनिक गायक रामभक्त जोजीजुले पनि प्रस्तुती राखे भने प्राज्ञ एवंम लोक दोहोरी गायिका हरिदेवी कोइरालाको प्रस्तुतिमा दोहारी पारखी रमाए ।

वार्षिकोत्सवको अवसरमा पत्रकार हेमराज अधिकारी, गायक तथा संगीतकार विमल गायक र रिमझिम साँझको कर्मचारी सविता गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र सहित नगद ३ हजार ३ सय ३३ रुपैया प्रदान गरियो । विशेष साँगीतिक कार्यक्रम हरेक दिन साँझ ७ बजेबाट सुरु हुन्छ ।

दोहोरी साँझमा पीताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम बराल, कुमार पुन, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, जानुका भट्टराई र नवीन आलेको लगानी छ । १६ जना कलाकारहरुसहित ३५ जनाले यहाँ रोजगारी पाएका छन् । विभिन्न परिकारको स्वादमा रम्दै पारिवारिक वातावरणमा दोहोरीको मज्जा लिन पाइने विशेषता तहाँ छ । रिमझिम दोहोरी साँझ वि.स.२०७१ साल फागुन २२ गतेबाट पोखराको विरौटामा सञ्चलानमा आएको हो ।

  •  
  •  
  •  
  •  Tweet
2017-03-07
peacepokhara

Related Articles

ज्योती हमालको अनौठो तथा कठिन २४ घण्टे कला प्रदर्शनी सकियो

peacepokhara 02 Apr 2016

प्याराग्लाईडिङको प्रि–वल्र्ड कप अन्र्तगत प्रतिष्प्रर्धाको छैटौ दिन ७९ किलोमिटर टास्क पुरा

peacepokhara 05 Mar 2015
तुलसी टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षालाई

तुलसी टंकादेवी स्मृति पत्रकारिता पुरस्कार जमुना वर्षालाई

peacepokhara 30 Jan 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved