Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

यौनसम्पर्क गर्दागर्दै धरानमा चारजनाको लिङ्ग भाँच्चिएपछि….

561
sex-feet-hed

धरान । धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।

लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।

लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ । गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए । लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।

यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ । डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook