Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

यौनकर्मीको वयान : ‘प्रहरी आउछन्,टन्न खान्छन् हामीसँग बस्छन् ,पैसा तिर्दैनन् उल्टो लैजान्छन् ’

968
sex_workers_nepal

गोकुल बानियाँ, पोखरा २६ पुस । कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै पोखरामा आयोजित एक कार्यक्रममा प्रहरी उपरिक्षक घनश्याम अर्यालले भनेका थिए ‘ मेरो कार्यकालमा पोखराबाट यौन ब्यवसाय निर्मुल पार्छु । ’

गएको फागुन १८ गते थ्रि एन्जल्स नेपालको सहयोगमा महिला उत्थान तथा जागरण केन्द्र कास्कीले पोखरामा यौनकर्मीको अबस्था सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा उनले यौनकर्मीसँग सम्पर्क स्थापित गर्ने प्रहरी भेटिएमा तत्काल जागिरबाट निकाल्ने चेतावनी दिएका थिए । विभिन्न संघसंस्थाको सहकार्यमा विशेष अपेशन सञ्चालन गरी अवैध यौन ब्यवसाय बन्द गराउने उद्घोष गरेका अर्यालको कार्यकालमा पोखरामा झन् यो ब्यवसायमा बृद्धि भएको छ ।

यौन धन्दा प्रहरीकै संलग्नतामा फष्टाएको स्वयं यौनकर्मीहरुले बताएका छन् । पिसपोखराको विशेष खोज रिपोर्टका क्रममा एक रेष्टुरेन्टकी यौनकर्मी महिलाले सादा पोषाकमा खटिने प्रहरीको सहयोग वा असहयोगका आधारमा यो ब्यवसाय सञ्चालन हुने नहुने निर्धारण हुने बताइन् ।

सिआइडीका रुपमा सादा पोषाकमा खटिने प्रहरीको यस्ता यौन अखडामा निकटतम सम्बन्ध रहने गरेको ती महिलाले स्विकारेकी छिन् । वाहिर देखावटी रेष्टुरेन्ट र भित्र यौन व्यवसाय सञ्चालन गर्ने सञ्चालकले प्रहरी कर्मचारीलाईनै मासिक निश्चित रकम दिएर निर्धक्क यो ब्यवसाय चलाइरहेका छन् । प्रहरी कर्मचारी अवैध यौन अखडामा जान्छन् टन्न खान्छन् र त्यहि यौनकर्मी महिलासँग सम्बन्ध राख्छन् । उनीहरुलाई सञ्चालकले निशुल्क यो सुविधा उपलब्ध गराउने गरेका छन् ।

‘ प्राय ः आइरहन्छन्, कहिले एक्लै आउछन्, कहिले ग्रुपमा आउछन् , टन्न खान्छन् र हामीसँगै बस्छन्, पैसा पनि तिर्दैनन् ’ उनले भनिन्, ‘ खाएको बसेको पैसा तिर्नुको सट्टा उल्टो साहुले मासिक उनीहरुलाईनै पैसा दिन्छन् । ’ ती प्रहरी कर्मचारीले निशुल्क आफुले भनेको सुविधा नदिए वा रकम नदिए पक्रने धम्की दिन्छन् । नगर क्षेत्रमा भएका अवैध गतिविधि नगरानीका लागि खटिने प्रहरी कर्मचारी अवैध काम गर्ने ब्यवसायीसँग सम्बन्ध स्थापित गरी कमाउने माध्यम बनाउने गरेका छन् । तर यसबारे जिम्मेवार अधिकृत अनविज्ञ छन् । पोखरामा चार वटै सुरक्षा निकायले सादा पोषाकमा यसरी सुरक्षाकर्मी खटाउनछन् । ती मध्ये कतिपयले अवैध ब्यवसायलाई आश्रय दिने गरी काम गरिरहेका छन् ।

पटक पटक प्रहरी नियन्त्रणमा आएर छुटेका महिला पुनः यहि ब्यवसायमा छन् भने अवैध यौन ब्यवसाय सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालकले पुन ः सोहि स्थानमा यौन ब्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

वडा प्रहरी कार्यालय वैदामको प्रमुखमा प्रहरी निरिक्षक विरेन्द्र गोदार भएका बेला गत बर्षको भदौ २५ गते जाल्पारोड स्थित ७ वटा खाजाघरबाट ३१ महिला र १२ पुरुष सहित ४३ जना पक्राउ परेका थिए । त्यस्तै गत चैत्र २६ गते वगालेटोल, जाल्पारोड, सभागृहचोक, नागढुङ्गा र पृथ्बीचोकबाट २१ म्हिला र ५ पुरुष सहित २६ जना पक्राउ परेका थिए ।

त्यतिबेला जुन स्थानबाट अवैध यौन कृयाकलापको अभियोगमा महिला र पुरुष पक्राउ परेका थिए अहिले सोहि स्थानमा यौन ब्यवसाय निर्धक्क सञ्चालन भैरहेको छ ।

विशेष गरी वडा प्रहरी कार्यालय बैदामको कार्यक्षेत्रभित्रका होटल रेष्टुरेन्टमा यो ब्यवसाय सञ्चालनमा छन् । गत बर्षको चैत्र १९ गते मोहनमणि अधिकारी वडा प्रहरी कार्यालय वैदाममा सरुवा भएपछि चैत्र २९ गते जिम्मेवारी सम्हाल्न आइपुगेका थिए । अधिकारी आएपछि  प्रत्यक्षरुपमा यो व्यवसाय र यौनकर्मी माथिको निगरानी भएको देखिन्न ।

आफ्नो कार्यक्षेत्रमा फष्टाएको अवैध यौन धन्दा प्रति उनी अनविज्ञ छन् । ‘हामीले केहीलाई कारवाही गरेका छौ प्रचारमा मात्रै नभएको हो ’ उनले पिसपोखरासँग भने ‘ त्यस्तो अखडाको वारेमा जानकारी छैन । ’ तर पोखरामा वडा प्रहरी कार्यालय बैदामको कार्यक्षेत्र भित्रका केही स्थानमा पुरै घर भाडामा लिएर दर्जनौ युवती सहित यौन ब्यवसाय सञ्चालनमा छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook