Breaking News:

पोखरा १७ मा पनि एमाले प्यानलनै विजयी
पोखरा १९ मा एमालेका शोभामोहन पौडेल सहितको प्यानल विजयी
पोखरालाई नमुना सहर बनाउछु ,सबैको साथ चाहिन्छ : श्रेष्ठ
अग्रज पर्यटन व्यबसायी सुन्दरकुमार श्रेष्ठ उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त
सीम गुरुङ पोखरा २० को अध्यक्ष निर्वाचित,सरकारी तलब वडाकै विकासमा खर्चिने
पोखरा महानगरमा स्थगित मतगणना ४६ घण्टापछि सुरु
पोखराको स्थगित मतगणना सुरु गर्न सर्वदलिय बैंठक जारी
पुन: निर्वाचन गराउन माग गर्दै असन्तुष्ट दलको ज्ञापनपत्र, ‘कानुन विपरितको निर्वाचन’ वदर गर्न माग
प्रतिनिधिहरु नआएपनि हुन्छ : मुख्य निर्वाचन अधिकृत (बिज्ञप्ती सहित )
असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने तयारी (आयोगको पत्र सहित)

युनाइटेड क्लवका आजिवन सदस्य गुरुङको निधन

1178
deepak-dae

गिता राना मगर, पोखरा २३ पुस पोखरा । युनाइटेड क्लवका आजिवन सदस्य दिपक गुरुङको निधन भएको छ । पोखरा १० अमरसिंह घर भइ विगत डेढ वर्षदेखि पोर्चुगलमा रहेका गुरुङको शुक्रबार राती निधन भएको हो । उनको निधनले युनाइटेड क्लवमा शोक छाएको छ ।

युनाइटेड क्लवको स्थापना कालदेखि आजिवन सदस्य रहेका गुरुङले नेपालमा रहदा युनाइटेड क्लवको हरेक महोत्सव तथा गतिविधीमा सक्रिय रुपमा भुमिका निभएको र उनको निधनले क्लवको होनहार सदस्य गुमाउनु परेको क्लवका महासचिव राजु श्रेष्ठले वताए ।

युनाइटेड क्लव सातौ पोखरा महोत्सवको संघारमा अगाडी वढिरहेको वेला आफ्नो आजिवन सदस्यको असामयिक निधनले क्लवलाई ठूलो घाटा पुगेको क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए । स्थापना कालदेखिनै क्लवको हरेक गतिविधीमा सक्रिय रुपमा भुमिका निभाएका गुरुङले चौथो पोखरा महोत्सव सम्म विभिन्न उपसमितीहरुमा रहेर काम गर्दै आएको र बैदेशिक रोजगारमा रहेको बखतमा पनि महोत्सवलाई सफल बनाउनका लागी सहयोग गर्दै आएकाले स्वर्गीय गुरुङको योगदानलाई क्लवले कहिल्यै भुल्न नसक्ने समेत गुरुङले वताए ।

स्वर्गीय गुरुङको शव नेपाल ल्याउने तयारी भइरहेकाले गुरुङको शवयात्रामा क्लवका सम्पूर्ण सदस्यहरुको उपस्थिती भइदिन समेत आग्रह गरेका छन । स्वर्गीय गुरुङको श्रीमती र दुइ छोरी रहेका छन ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook