महिला साफ च्याम्पियनसीप : नेपाल भारतसँग पराजित, सेमिफाइनलबाटै वाहिरियो

32
nepal-woman-football

काठमाडौं १८ पुस । महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालको यात्रा सेमिफाइनलमा समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन भारतसँग ३–१ गोल अन्तरले पराजित हुँदै नेपाल सेमिफाइनलबाट नै बाहिरिएको हो ।

अघिल्ला तीनै संस्करणमा फाइनलमा मात्र भेट भएको नेपाल र भारत यसपाली भारतको सिलिगुढीमा जारी साफमा भने फाइनल अघि नै भिड्ने भएका हुन् । यसअघि तीनै पटक भारतले नेपाललाई पराजित गर्दै उपाधि उचालेको थियो ।

भारतको गुवाहाटीमा फागुनमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा भारत विजयी भएको थियो । शनिबार समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतको सेमिफाइनल भेट पक्का भएको थियो ।

सोमबार भएको खेलमा भारतले कमला देवी युमनामको गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा कमलाले भारतलाई अग्रता दिलाएकी थिइन् । खेलको दोस्रो हाफको ५८ औँ मिनेटमा नेपालको डिफेन्सको गल्तीको फाइदा उठाउँदै इन्दुमदीले भारतको अग्रता दोब्बर बनाइन् ।

त्यसपछि खेलको ७५ औँ मिनेटमा सबित्रा राजभण्डारीले पेनाल्टीमार्फत नेपालको तर्फबाट एक गोल फर्काइन् । नेपालले खेलमा फर्कने प्रयास गरे पनि खेलको ८४ औँ मिनेटमा सस्मिता मलिकले भारतको अग्रता फराकिलो बनाइन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook