Breaking News:

पोखरा महानगरको प्रमुखमा मान बहादुर जिसी र उप प्रमुखमा मञ्जु गुरुङ विजयी
पोखरा ३१ मा पनि एमाले प्यानल सहित विजयी (मतपरिणाम सहित )
पोखरा ३० मा पनि एमालेको प्यानल विजयी (मत परिणाम सहित )
पोखरामा अन्तिम परिणाम आउनुअघिनै कांग्रेस उम्मेदवार रामजी कुँवरद्वारा हार स्वीकार
पोखराको १ देखि २९ सम्म कुन वडामा कसले जिते (नामावली र मत सहित)
पोखरा २७ मा काग्रेस प्यानल विजयी
पोखराको मेयर र उपमेयर एमालेले जित्ने सुनिश्चित, ११ हजार भन्दा बढीको अग्रता
पोखरा २८ मा पनि एमाले प्यानल सहित विजयी
पोखरा २६ मा पनि प्यानल सहित आयो एमाले (मत परिणाम सहित )
पोखरा २९ मा एमालेका चेत बहादुर गुरुङ सहितको प्यानल विजयी

महिला फुटबल (साफ) प्रतियोगितामा नेपाल र माल्दिभ्स भिड्दै

30

भारत (सिलिगुडी), १२ पुस  । चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्स भिड्ने भएका छन् । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग नेपालले खेल्नेछ ।

पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६—० ले समूह चरणमा पराजित गरेको थियो । सन् २०१२ मा पनि नेपालले माल्दिभ्सलाई ५—० ले पराजित गरेको थियो ।

माल्दिभ्सलाई हराउने आत्मविश्वासका साथ नेपाल मैदान प्रवेश गर्दैछ भने माल्दिभ्स त्यसको बदला लिने योजनामा छ । टिमका प्रशिक्षक कुमार थापाले खेल जित्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् ।

समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook