भद्रकाली बहुमुखी क्यम्पसमा क्षमता अभिबृदी तथा ब्यक्तित्व बिकास कार्यक्रम सम्पन्न

25
news-1

सुशान्त गाहा मगर, पोखरा ९ पुस । पोखरा १३ स्थित रहेको भद्रकाली बहुमुखी क्याम्पसमा क्षमता अभिबृदि तथा ब्यक्तित्व बिकास कार्यक्रम आज बिहान सम्पन्न भएको छ । समाजवादी विधार्थी फोरम भद्रकाली बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख बक्ताको रुपमा योगि गुरु ओम लामा रहनुभएको थियो ।

लामाले ब्यानरमा लेखिएको “क्षमता अभिबृदि तथा ब्यक्तित्व बिकास कार्यक्रम २०७३ ” भनी पढेर सो कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सोही अबसरमा बोल्नुहुदै लामाले मानव जीवनमा सफलता प्राप्तीको लागि योगाले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । अझ विद्यार्थीहरुको लागि योगा अत्यन्तै उपयोगी हुने भन्नुहुदै दिमाखलाई एकीकृत गर्न मद्दत पुग्ने हुदा पढ्नलाई सहज हुने पनि बताउनुभयो ।

साथै आध्यात्मिक तरिका बाट ध्यान र दिमाखलाई एकीकृत र शान्त कसरी पार्ने भनी कार्यक्रम स्थलमै परिक्षण समेत गराउनुभएको थियो । कार्यक्रममा ब्यक्तित्व बिकास संगै विद्यार्थीहरुलाई लक्षित गरि बोल्नुहुदै समाजबादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य तथा साँकृतिक बिभाग प्रमुख एंबम तमुवान ईन्चार्ज चन्द्र ग्याबक तामाङ (मुस्कान) ले आफ्नो लक्ष्य प्राप्त गर्नको लागि किताबी ज्ञानले मात्र नहुने बताउनुभयो । साथै विद्यार्थी जिबनमा भैतिक सुख सईललाई भन्दा अध्ययनलाई मनोरन्जनको साधन बनाएको खण्डमा लक्ष्यको चरम बिन्दुमा छिट्टै पुग्न सकिने बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्नुहुदै क्याम्पसका सह-प्रधानाध्यापक राजेन्द्र भन्डारीले बिद्यार्थीको व्यक्तित्व बिकासको निमित्त यस्तो कार्यक्रमले ठूलो योगदान पुर्याउने भन्दै आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउनेमा विश्वास ब्यक्त गर्नु भयो साथै रचनात्मक कार्यक्रमको लागि क्याम्पस प्रशासन साथ सहयोगको लागि सदैब तयार रहेको आश्वासन समेत दिनुभयो । शुभकामना मन्तव्यकै क्रममा समाजवादी युवा फोरमका केन्द्रिय सदस्य लक्ष्मण गुरुङले स्वदेशमै आफ्नो करियर सुनिश्चित गर्न सकिने भएकोले अध्ययनलाई लगाबका साथमा निरन्तरता दिन सल्लाह दिनुभएको थियो ।

समाजबादी विद्यार्थी फोरम भद्रकाली बहुमुखी क्याम्पस इकाई समितिका पुकार शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहजीकरण समाजबादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य विशाल रानाले गर्नुभएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook