Breaking News:

कास्कीमा म्यादी प्रहरीको लागि ३ दिनमा २१९ ले दरखास्त दिए,१७ गतेसम्म समय
पोखराका अग्नि नियन्त्रकको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम
पोखराको मुख्य मुहान मर्दीखोलामा पानी शुद्धिकरण परियोजना सुरु
यस्तो थियो ५० बर्ष पुरानो पोखरा (भिडियो सहित)
कास्कीमा सवारी दुर्घटना बढ्यो, ८ महिनामा ४२ जनाको ज्यान गयो
तोडिएको कीर्तिमान पुनः फर्काउन सगरमाथा चढ्दै ८६ बर्षीय शेरचन
नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश,चन्दको नियुक्ती बदर
एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ (कसरी सुरक्षित हुने ? )
महानगरको नाममा बहस , पोखरा लेखनाथ कि पोखरा मात्रै ?
पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

‘बदला लिन’ रसियाली राजदूतको टर्किस प्रहरी जवानद्वारा हत्या

32

एजेन्सी ५ पुस । टर्कीका लागि रसियाली राजदूतको गोली हानी हत्या गरिएको छ । राजधानी अनकाराको एक आर्ट ग्यालरीमा भएको गोलीकाण्डमा ६२ वर्षीय राजदूत आन्द्रिय कार्लोभको निधन भएको छ ।

गोली प्रहार गर्ने व्यक्ति टर्की प्रहरीको जवान रहेको सिरियामा जारी द्वन्द्वको बदला लिन गोली प्रहार गरेको मिडिया रिपोर्टहरुमा उल्लेख छ । गोली प्रहार गर्ने व्यक्ति २२ वर्षीय मेभलुट मेर्ट अल्टिन्टास रहेको र उनी अन्काराको दंगा प्रहरीको सदस्य रहेको बताइएको छ ।

टाई–सुट लगाएर आएका मेभलुटले ‘आल्लाह हु अक्बर’ भन्दै ‘हामी अलेप्पोमा मारिन्छौँ, तिमीहरु यहाँ मर्छौँ’ भन्दै केही राउण्ड गोली राजदूतमाथि प्रहार गरेका थिए ।

त्यसपछि उनले ग्यालरीमा उपस्थितहरुमाथि पनि गोली प्रहार गरेका थिए । यसमा तीन जना घाइते भएका छन् । १५ मिनेट पछि प्रहरी कारवाही मेभलुट पनि मारिएका थिए । उनी गत जुलाईमा टर्कीमा भएको असफल कू को समर्थक रहेको अनुमान गरिएको छ ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यो आक्रमण टर्की र रसियाको सम्बन्ध बिगार्न र सिरियाको शान्ति प्रक्रिया भंग गर्न लक्षित भएको बताए । उनले गोलीकाण्डको ‘मास्टरमाइन्ड’ पत्ता लगाइछाड्ने वाचा समेत गरे । केही दिन अघि टर्कीमा सिरियामा रसियाको संलग्ताको विरोधमा प्रदर्शन भएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook