Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

फेवा टेलिभिजिन अब राष्ट्रिय प्रशारणमा

119
fewa

पोखरा २७ पुस । पोखराबाट सञ्चालित फेवा टेलिभिजिन बुधवारदेखि राष्ट्रिय प्रशारणमा गएको छ । प्रशारणको एक बर्षभित्रै टेलिभिजनले राष्ट्रव्यापी रुपमा प्रशारण गर्न सफल भएको हो ।

“पश्चिमाञ्चलको पहिचान, राष्ट्र निर्माणमा हाम्रो अभियान” भन्ने नाराका साथ बुधवारदेखि राष्ट्रिय प्रशारण सुरु गरिएको हो । टेलिभिजनको राष्ट्रिय प्रशारणको क्षेत्रीय प्रशासक खगराज बरालले उद्घाटन गरे । उनले सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै नारा जस्तै व्यवहारमा रुपान्तरण हुन जरुरी रहेको बताए ।

टेलिभिजनका अध्यक्ष तेजेन्द्र पौडेलका अनुसार यसअघि टेलिभिजनले “पश्चिमाञ्चलको पहिचान, समाज रुपान्तरणमा हाम्रो अभियान” भन्ने नारालाई आत्मसाथ गरेको थियो । पश्चिमाञ्चलका विभिन्न जिल्लाहरुमा मात्रै हेरिएको फेवा टेलिभिजनका कार्यक्रमहरु अब देशव्यापी रुपमा हेर्न सकिने प्रबन्ध निर्देशक लिल बहादुर जिसिले बताए ।

fewa-teamकार्यक्रममा पोखरा उद्योग वाणीज्य संघका महासचिव एवं फेवा टेलिभिजनका सल्हाकार दामु अधिकारी, टेलिभिजनका कानुनी सल्हाकार एंव अभिवक्ता दामोदर अधिकारी, लेखनाथ उद्योग वाणीज्य संघका महासचिव छत्रधर आत्रेय, प्रहरी निरीक्षक जगत पोखरेल, एमाले सचिवालय सदस्य लक्ष्मी प्रसाद अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

यसैविच बुधवारनै भएको पहिलो साधारणसभामा टेलिभिजनको गुणस्तर वृद्धि, प्रभावकारी कार्यक्रम उत्पादन तथा प्रशारण लगायतका विषयमा गम्भिर छलफल गरिएको संचालकहरुले बताएका छन् । साधारणसभामा अध्यक्ष तेजेन्द्र पौडेलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र आर्थिक संयोजक राजु श्रेष्ठले प्रस्तुत गरेको आर्थीक प्रतिवेदन सर्वसम्मतीले पास भएको छ ।

प्रथम साधारणसभा तथा अधिवेशनले पूनः तेजेन्द्र पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । संचालक समितिमा लिल बहादुर जिसी, प्रकाश गिरी, शिव बहादुर केसी, खिम बहादुर गुरुङ, ज्ञानहरी आचार्य, सुदिप ओझा, भरतराज अधिकारी, भोजराज खत्री, हेमराज अधिकारी, राजु श्रेष्ठ रहेका छन् । संचालक समितिको पहिलो बैठकले टेलिभिजनको प्रवन्ध निर्देशकमा लिल बहादुर जिसीलाई चयन गरेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook