प्रेममा बाधा भएपछि श्रीमानको घाँटी रेटेर हत्या

128
hatya

काठमाडौं २८ पुस । रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ । अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको थियो । साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook