Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

प्रथम भिमाद मिनी म्याराथनको उपाधी आर्मीका श्रेष्ठलाई

26
army

राजन उपाध्याय , तनहुँ १४ पुस । प्रथम भिमाद मिनी म्याराथन प्रतियोगिताको उपाधी नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन् । लायन्स क्लब अफ भीमादले भिमादमा विहिवार आयोजना गरेको प्रतियोगितामा केन्याका नागरिक डानीयल द्धितीय र एपिएफ क्लवका गणेश सिंह ठकुरी तृतीय भए ।

प्रथम स्थान प्राप्त गरेका श्रेष्ठले नगद २५ हजार मेडल र प्रमाणपत्र, द्धितीय हुन सफल डानीयलले १५ हजार र तृतीय हुन सफल ठकुरीले नगद ५ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । दुई विदेशी नागरिकसहित कुल ६८ जनाले सहभागिता जनाएको प्रतियोगितामा एक जना महिलाले सहभागिलाई दर्ता शुल्क मिनाहा गरिएको लायन्स क्लब अफ भीमादका सचिव सुदिप बन्धु भण्डारीले जानकारी दिए । १३ किलोमिटर दुरीमा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी वान नेपालका द्धितीय भाईस गभर्नर अशोक कुमार श्रेष्ठले विजयी प्रतियोगीहरुलाई नगद र प्रमाणपत्र वितरण गरेका थिए । क्लवका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्ध गुफमा व्यवस्थापन समितिका अध्यक्ष दधीराज सुवेदी, रिजन चेयर पर्सन माधव बाबु पन्त, संस्थापक अध्यक्ष श्यामसुन्दर जोशी, प्रथम उपाध्यक्ष निरज खनाल, क्लव सचिव सुदिप बन्धु भण्डारी लगायतले बोलेका थिए । म्याराथन गर्न पूर्व धावक तथा बेलायती सेनामा कार्यरत विजय हिराजनले विशेष सहयोग गरेका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook