Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

पोखराका विद्यार्थीले बनाए नेपालमानै पहिलो पटक सोलारबाट चल्ने चारपाङग्रे कार

207
solar-car-pic

पोखरा १५ असोज । ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमानै पहिलोपटक सोलारबाट चल्ने चारपाङग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो पटक भएको दावी गरेका छन । सोलार हाइब्रिड नाम दिइएको उक्त कार ईन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस , मेकानिकल विभाग अन्तर्गत चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु दिपेश कार्की, खगेन्द्र कार्की, कृष्ण प्रसाद तिमिल्सिना, प्रयास रिमाल, सागर अधिकारी, राजन खनाल, सौगात कोइराला र सुमित ढकालले निर्माण गरेका हुन ।

गत वर्ष नेपालमा भएको नाकाबन्दीको समयमा प्रेट्रोल पम्पहरुमा सवारीको लाइन र त्यसमा पनि पेट्रोलको समस्याले गर्दा कैयौ मानिसहरुले दुख पाएको आफुहरुले महसुस गरेर सोलार हाइब्रिड कार निर्माण गर्ने लक्ष्य राखेको र सोही अनुरुप एक वर्षको अवधिमा कार निर्माण सम्पन्न गरेका हुन । कार निर्माणकर्ताका एकजना राजन खनालका अनुसार नेपालमा पेट्रोलियम पदार्थको अभावमा मानिसहरुले सवारी साधन सञ्चालन गर्नमा निकै कठिनाइ बाधा ब्यवधानहरु वेहोर्नुपरेको आफुहरुले नजिक बाट महसुस गरेको र त्यसैलाई मध्येनजर गरेर एक वर्षको अवधिमा कार निर्माण गर्न आफ्नो टीम सफल भएको वताए ।

विश्वमा देखिएको उर्जा संकट र पेट्रोलियम पदार्थको अभावमा पनि हामी सवारी सञ्चालन गर्न सक्छौ भनेर देखाउनका लागी आफुहरुले एक वर्षदेखि यो प्रोजेक्ट सुरु गरेको र लामो मेहनत पश्चात सफल हुदा खुसी लागेको उनले वताए । आफुहरुले निजी तवरबाट यस्ता क्रियाकलापहरु सफलताका साथ सञ्चालन गर्दापनि सरकारले कुनै वास्ता नगर्दा आफुहरुलाई निकै अफ्ठेरो पर्ने र आफ्नो मेहनत कतै खेर जाने होकी भन्ने चिन्ता आफुहरुमा रहेको उनले वताए । आफुहरुले कारलाई परिमार्जित गर्दै नेपालमानै निर्माण भएको हुलास मुस्ताङ कम्पनी संग सहकार्य गरेर अत्याधुनिक ढंगले सञ्चालन गर्ने लक्ष्य राखेको समेत वताए ।

नेपालमानै पहिलो पटक सोलारबाट कार निर्माण गरेको दावी गर्ने विद्याथीहरुले कार चलाउनका लागी नौ सय वाटको डि.सी. मोटर जडान गरी १२ भोल्टको १०० ब्जको ४ वटा ब्याट्री जडान गरी १५० वाटको दुई वटा सोलार प्यानल जडान गरेका छन । करिब ३ लाखको लागतमा निर्माण सम्पन्न भएको कारमा ४ जनाको सिट क्षमता रहेको र ३० किलो मिटर प्रतिघण्टा गुड्न सक्ने क्षमता रहेको छ । सोलार हाइब्रिड कार पोखरा उपत्यकाको जुनसुकै उकालोमा पनि सजिलै गुड्न सक्ने निर्माण पक्षले जनाएको छ । कारले विश्वमा हुदै गएको उर्जा संकटको उचित समाधान र वातावरण मैत्री भएकाले छोटो दुरीका लागी उचित सवारी साधन हुनेमा निर्माण पक्षले जनाएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook