Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

पुर्नसंरचना आयोगले १७ सय पृष्ठको प्रतिबेदन सरकारलाई बुझायो, पोखरा महानगर बन्ने पक्का

195
local-bodies-pratibedan

काठमाडौं २२ पुस । स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार दिँउसो साँढे ४ बजे आयोग अध्यक्ष बालानन्द पौडेल सहितको टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हीतराज पाण्डेलाई प्रतिबेदन बुझाएको हो ।

आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र विमलेन्द्र निधीको रोहबरमा मन्त्री पाण्डेलाई झन्डै १७ सय पृष्ठको प्रतिबेदन बुझाएको हो ।

प्रतिबेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले आयोगले बुझाएको प्रतिबेदन महत्वपूर्ण दस्तावेज भएको बताँए । उनले प्रतिबेदनले संविधान कार्यान्वयनलाई सहयोग पुग्ने भन्दै आयोगका सदस्यहरुलाई धन्यवाद दिएका थिए । प्रतिबेदन बुझाँउदै आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारले दिएको समयसीमाभित्र आफुले सकेको बताए । उनले अध्ययन तथा प्रतिबेदन तयार पार्न स्थानीय विकास मन्त्रालयले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएको थिए ।

प्रधानमन्त्रीले भने, ‘हामी संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं । आयोगको प्रतिवेदन अत्यन्तै संवेदनशील र दुरगामी महत्व राख्ने दस्तावेज हो । संविधान कार्यान्वयनका लागि यसले निकै ठूलो सहयोग गर्ने सरकारले विश्वास लिएको छ । मैले सरकारको तर्फबाट समयमै काम सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिन चाहन्छु । यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक दल लगायत सबैमा आभार प्रकट गर्दछु ।’ प्रतिवेदन बुझ्दै मन्त्री हितराज पाण्डले सरकारको प्राथमिकताको यथार्थ बुझी आयोगले तोकिएकै समयमा काम सम्पन्न गरेकोमा धन्यवाद दिए ।

आयोगले स्थानीय तहको नयाँ संरचनामा महानगरपालिका ४ वटा, उपमहानगरपालिका १२ वटा, २ सय ४१ नगरपालिका, ४ सय ६३ गाँउपालिका निर्धारण गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका बन्ने भएका छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook