Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

पास टुर्स एण्ड ट्राभल्सको शाखा पोखरामा

46
travel

पोखरा १७ पुस । काठमाडौमा प्रधानकार्यालय रहेको पास टुर्स एण्ड ट्राभल्सले आजदेखि पोखरामा शाखा विस्तार गरेको छ । शाखाको ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान)का केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले उद्घाटन गरे ।

उनले सेवामूलक उद्योगका रुपमा रहेका ट्राभल्स ऐजेन्सीले पोखरामा पर्यटक भित्राउन महत्वपूर्ण भूमिका पु¥याउने बताए ।३ जना युवा व्यवसायी आनन्द क्षेत्री, प्रदीप परियार र सुनिल नारायण डंगोलको संयुक्त लगानीमा उक्त ट्राभल्स पोखराको ड्यामसाइडमा संचालनमा आएको हो ।

ट्राभल्सले नेपाल घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गरी ट्राभल्सको व्यवस्था गरेको संस्थाका अध्यक्ष आनन्द क्षेत्रीले बताए ।भविष्यमा छिट्टै नै पोखरा–काठमाडौं पर्यटक बस संचालन गर्ने र नेपालका मुख्य सहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

ट्राभल्सले हवाइ टिकट, टुरिष्ट बस, डिलक्स बस, हेलिकोप्टर चाटर्ड, होटल बुकिङ, सिधा दिल्ली बस सेवालगायत सुविधा दिने जनाइएको छ ।
पोखरामा १५२ वटा ट्राभल्स एजेन्सी संचालनमा छन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook