Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

नगरपालिकालाई ब्यवसायीक कर नतिर्न पोउवा संघका अध्यक्षको निर्देशन !

110
pic

पोखरा २४ पुस । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी–व्यवसायीको समस्यामा चासो नदिने पोखरा उप–महानगरपालिकालाई व्यावसायिक कर नतिर्न निर्देशन दिएका छन् ।

कपडा व्यवसायी एशोसिएशन पोखराको १७औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले भने–‘उद्योगी–व्यवसायीका समस्या बग्रेल्ती छन् ती समस्यामा पोखरा उप–महानगरपालिकाको प्रतिवद्धता बाहेक अन्य केही छैन । व्यवसायीका समस्यामा चासो नदेखाउने हो भने कोही पनि व्यवसायीले नगरपालिकालाई तिर्दै आएको व्यावसायिक कर तिर्नुपर्दैन ।’

‘पोखरामा रहेका उद्योगी–व्यवसायीका समस्या सुन्ने जिम्मेवार निकाय पोखरा उद्योग वाणिज्य संघ हो भने सबैको समस्या सुन्ने सरकारी निकाय पोखरा उप–महानगरपालिका हो’, प्रश्न गर्दै उनले भने–‘जब हाम्रो समस्या नै सुनुवाइ हुँदैन भने हामीले करमात्र किन तिर्ने ?’ आफ्नो सुरक्षा र हक हितका लागि व्यवसायीले नगरपालिकालाई कर तिर्ने हो भन्दै अध्यक्ष पालिखेले व्यवसायीको समस्या समाधानमा नगरपालिकाले चासो नदिएसम्म कर नतिर्न व्यवसायीलाई निर्देशन दिए । व्यवसायीका घरभाडा र फुटपाथका व्यापारी समस्या मुख्य रहेको र यी समस्याको समाधान नगरपालिका बाटमात्र हुने भन्दै उनले समस्यामा अझैपनि मौन बसे नगरपालिकालाई तिर्दै आएको व्यावसायिक र फोहोरमैला दुवै कर नतिर्न समेत निर्देशन दिए ।

उद्योगी–व्यवसायीको हक हित र सुरक्षामा पोखरा उद्योग वाणिज्य संघ सदैव प्रतिवद्ध रहेको समेत अध्यक्ष पालिखेले स्पष्ट पारे । व्यवसायीको विविध समस्याको सुनुवाई गर्नका लागि पोउवासंघले विशेष अभियान संचालन गर्न लागेको समेत उनले जानकारी दिए । संघको उक्त अभियानमा निर्धक्क भएर आफ्नो समस्या राख समेत उनले आग्रह गरे ।

अध्यक्ष पालिखेले विजयपुर–हलनचोकमा छिट्टै सोलार वत्ति बल्ने समेत स्पष्ट पारे । उनले भने–‘चीन सरकारबाट सोलार आउन लागेको छ, भन्सार कार्यालयमा भन्सार छुटको प्रक्रिया पु¥याएर सोलार पोखरा ल्याउने काम अब केही दिनमै हुन्छ र छिट्टै पोखरामा सोलार वत्ति बल्छ ।’

पोखराको खानेपानी र खानेपानी आउने मुहान मर्दीखोलाप्रति पोखरा उद्योग वाणिज्य संघ गम्भीर रहेको अध्यक्ष पालिखेले बताए । उनले पोखरामा शुद्ध खानेपानी ल्याउनका लागि पोउवासंघको ध्यान केन्द्रित हुन लागेको समेत स्पष्ट पारे । उनले भने–‘पोखराको खानेपानी मुहान मर्दीमा त्यहाँ वरपरका करिब ५ गाउँका मानिसको दाहसंस्कार गरिने गरेको छ भने र ढल समेत मिसाइने गरेको छ । त्यही खोलाको पानी हामीले पिउँदै आएका छौं । उक्त गाउँमा व्यवस्थित शवदाहस्थल र शौचालय निर्माण गर्न पोखरा उद्योग वाणिज्य संघले पहल गरिरहेको छ ।’

कार्यक्रममा कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यमनाथ तिमिल्सिनाले आफूहरुको समस्यामा नगरपालिका सधैं वेखबर हुने गरेको बताए । नगरपालिकाले आफूहरुको समस्या नसुनेसम्म कर नतिर्ने भन्र्दै अध्यक्ष तिमिल्सिनाले नगरपालिका लाई कुनैपनि कर नतिर्न सबै उद्योगी व्यवसायीलाई निर्देशन समेत दिए ।

कार्यक्रममा कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद बाँस्तोला, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष धर्ममानसिंह भण्डारी, संस्थाका संस्थापक अध्यक्ष रामजी बाँस्तोला, संस्थापक कोषाध्यक्ष केदार मर्सानी, पूर्व अध्यक्षहरु प्रदीपकुमार श्रेष्ठ र जनकराज पराजुली, अग्रज व्यवसायी लक्ष्मण कुमार श्रेष्ठ लगायतले व्यवसायीका समस्या र समाधानका बारेमा चर्चा गरेका थिए । उनीहरुले व्यवसायीका समस्यामा राज्यका कुनैपनि निकाय गम्भीर हुन नसकेको समेत आरोप लगाए ।

संस्थाका अध्यक्ष यमनाथ तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णु प्रसाद तिमिल्सिना र संचालन महासचिव नविन नापितले गरेका थिए ।

कार्यक्रममा अग्रज व्यवसायी सम्मानबाट रत्न इम्पोरियमका संचालक लक्ष्मण कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । यसैगरी एसएलसी परीक्षामा उत्तीर्ण व्यवसायीका छोराछोरीहरु र संस्थाद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई पनि सम्मान गरिएको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook