• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • प्रदेश सरकार गठनपछि पहिलो पटक सुरक्षा समिति वैठक   |   25 Apr 2018

  • नयाँबर्षमा सुजकीले ल्यायो ह्याप्पी न्यू कार अफर   |   25 Apr 2018

  • मन्त्री जगत विकले लिए आमा गुमाएका र बावु अपांग रहेका बालकको अभिभावकत्व   |   25 Apr 2018

  • छक्का पन्जा ३ को मुख्य नायिकामा दीपिका प्रसाई   |   24 Apr 2018

  • सुडानमा खटिएका नेपाली शान्ति सेनामाथि दुई वालिका बलात्कारको आरोप   |   24 Apr 2018

  • ३३ केजी सुनकाण्ड : बयान दिन गएका डिएसपी फरार,एसपी खनाल मन्त्रालयबाटै पक्राउ   |   24 Apr 2018

 

पोखरामा दश हजारको एक रोपनी जग्गा ! अर्को एक ठगी धन्दा पर्दाफास

26 Aug 2016

पोखरा १० भदौ । दश हजार रुपैयामा एक रोपनी जग्गा । त्यो पनि पोखरा उपमहानगरपालिका भित्र । जग्गाको प्रलोभनमा प्रतिमहिना पाँचहजार रुपैया तिर्नेगरी दशहजार ऋण समेत खोजेर ल्याएर बुझाउने तयारीमा थिए । केहीले जग्गा पाउने आशमा पैसा बुझाईसकेका थिए । पैसा बुझाएकाहरुलाई तमसुक बनाएर दिइएको थियो । तर तमसुकमा केवल घरसायी चलाउन ऋण लिएको कागजपत्र थमाइएको थियो ।

जग्गाको आश गरेर पैसा तिरिसकेपछि ठगिएको अनुभूति गरे । त्यो पनि प्रहरीले एक महिलालाई तमसुक दिदैं गर्दा समातिएपछि । जग्गा दिने आश देखाएर पोखरामा एक महिलाले ठगी प्रयास गरेकी छन् । खासगरी दलित समुदायलाई लक्षित गरेर रकम उठाउँदै गर्दा ती महिलाको ब्यबहार आशंकापूर्ण भेटिएपछि उनको ठगीधन्दा बीचैमा रोकिएको हो । पोखराको सृजनाचोकस्थित होटल रविमा कास्कीका बिभिन्न गाउँ तथा पोखरा र लेखनाथ क्षेत्रका दलित नागरीकलाई जम्मा गरी जनही १० हजार र तमसुक लेखाउने खर्चस्वरुप पाँच सय रुपैया उठाउँदै गर्दा पोखरा १३ बस्ने मनु सुनारलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुनारले श्रावणको दोश्रो सातादेखिनै पोखराका विभिन्न क्षेत्रमा सोही बहानामा लाखौ रुपैया उठाईसकेकी थिईन् । पोखरा उपमहानगरपालिका वडा नंम्बर १८ स्थित छिनेडाडाँमा रहेको करीब १५ सय रोपनी पर्ति जग्गाको २०३४ सालदेखिको तिरो ब्झाउनुपर्ने रहेको र सोका लागि रकम जम्मा गरेको सुनारले बताईन् । ‘स्थानीय धनबहाद्र सुनारले १९९० सालमा दर्ता गरेको र ०३४ सालसम्म तिरोसमेत ब्झाएको सो जग्गा अहिले भने पर्तिका रुपमा रहेको त्यसलाई त्यसको लालपूर्जा बन्नासाथ अहिले पैसा बुझाएकालाई एक –एक रोपनीका दरले बाँड्ने हो ।’, मनुले भनिन् । तर त्यसका लागि दुईवर्षपछि पुन दुई लाख रुपैया ब्झाउनु पर्ने हुन्छ । उनको भनाई थियो ।

बिहीबार मात्रै करीब एक सय पचासभन्दा बढीसँग दश हजार पाँचसयका दरले रकम संकलन भएको थियो । रकम लिएपश्चात उनले साक्षी र तमसुक लेखकको सहिछाप विनाको कागज दिएकी छन् । तमसुक मस्यौदा गरी टाईपर्नेमा भने बिमलप्रसाद लामिछाने उल्लेख छ । रकम बु्झाईसकेपछि आफु्ले पाएको तमसुकमा जग्गा दिने र लिने विषयमा कहिकतै उल्लेख नभएको भेटेपछि मनुको ब्यबहारमा आशंका उब्जिएको थिथो । तमसुकमा सुनारले घरब्यबहार चलाउन आवश्यक परेकाले दुईवर्षका लागि ऋण लिएको भनि उल्लेख गरेकी छन् ।

रकम ब्झाईसकेकाहरु जब तमसुकमा ऋणस्वरुप रकम दिएको भन्ने भेटे तब अब आफ्नो रकम के हुन्छ भन्नेमा अन्यौल बने । पुम्दीभुम्दीका राजेश विकले दिदीबहिनी गरी चार जनाको ४२ हजार रुपैया बुझाएको बताए । सुनारलाई प्रहरीले पक्राउ गरेपछि उनले भने ‘यस्तो ठगका फेला परेका रहेछौ अब हाम्रो त्यो पैसा कसरी फिर्ता पाउने होला ?’

त्यसो तर राजेश मात्रै होईन भदौरे ठूलाखेतका ईन्द्रबहादुर नेपालीले एक हप्ता अघि नै सुनारलाई रकम दिएको र बिहप्बार तमसुक लिन बोलाएकाले आएका जानकारी दिए । तमसुकमा घरखर्चका लागि ऋण लिएको भन्ने देखेपछि उनीसमेत अरु जस्तै आफ् पनि ठगिएको चाल पाएका थिए । ‘मैले दशहजार मासिक पाँचहजार तिर्ने गरी ऋण लिएर आएकी थिएँ ।’ पोखरा भद्रकाली बस्ने विमला नेपालीले भनिन—‘धन्न पैसा तिरिन् । नत्र फस्ने थिएँ ।’

  •  
  •  
  •  
  •  Tweet
2016-08-26
peacepokhara

Related Articles

पोखरा नगरसभामा कांग्रेस प्रतिनिधिको नाराबाजी (भिडियो सहित)

पोखरा नगरसभामा कांग्रेस प्रतिनिधिको नाराबाजी (भिडियो सहित)

peacepokhara 20 Mar 2018
पाहुँना टोलीलाई हराउदै झापा -११ आहा ! रारा को क्वाटरफाइनलमा

पाहुँना टोलीलाई हराउदै झापा -११ आहा ! रारा को क्वाटरफाइनलमा

peacepokhara 19 Jan 2017

चीनसँग व्यापारिक सम्बन्ध विस्तारका लागि कोरला नाका महत्वपूर्ण विकल्प : विकास समिति

peacepokhara 03 Dec 2015

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved