Breaking News:

पोखरा १७ मा पनि एमाले प्यानलनै विजयी
पोखरा १९ मा एमालेका शोभामोहन पौडेल सहितको प्यानल विजयी
पोखरालाई नमुना सहर बनाउछु ,सबैको साथ चाहिन्छ : श्रेष्ठ
अग्रज पर्यटन व्यबसायी सुन्दरकुमार श्रेष्ठ उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त
सीम गुरुङ पोखरा २० को अध्यक्ष निर्वाचित,सरकारी तलब वडाकै विकासमा खर्चिने
पोखरा महानगरमा स्थगित मतगणना ४६ घण्टापछि सुरु
पोखराको स्थगित मतगणना सुरु गर्न सर्वदलिय बैंठक जारी
पुन: निर्वाचन गराउन माग गर्दै असन्तुष्ट दलको ज्ञापनपत्र, ‘कानुन विपरितको निर्वाचन’ वदर गर्न माग
प्रतिनिधिहरु नआएपनि हुन्छ : मुख्य निर्वाचन अधिकृत (बिज्ञप्ती सहित )
असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने तयारी (आयोगको पत्र सहित)

दश बर्ष पछि कर्ण दास एउटा नयाँ आशाको साथमा ( म्यूजिक भिडियो सहित )

37
01

पोखरा १४ मंसिर । स्वर सुन्दरमणि गायक कर्ण दासले आफ्नो सांगितिक यात्राको दश बर्ष पछिको अन्तरालमा फेरी अर्को नयाँ एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतालाई पस्केका छन् । म्यूजिक नेपालको प्रस्तुतिमा गायक कर्ण दासको “एउटा नयाँ आशा” गीती एल्बममा १२ वटा गीतहरु समावेस गरिएका छन् । एल्बममा समावेस १२ वटा गीतहरु मध्ये एस.टु. प्रोडक्शनले निमार्ण गरेको “हाम्रो नेपाल” शिर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ ।

नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका शुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेस गरिएको छ । बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगाएतका ठाँउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए । राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न शुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेस गरिएकोले आफुले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ठ बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे । छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook