Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

तीन सय सातको निःशुल्क स्वास्थ्य परीक्षण

11
sibir

पोखरा, २७ पुस। ज्येष्ठ नागरिक सम्मान चौतारीले बुधबार आयोजना गरेको ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविरमा तीन सय सात जनाको निःशुल्क परीक्षण गरिएको छ। संस्थाले राष्ट्रिय एकता दिवसको अवसरमा पोखरा–६ मा विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविर आयोजना गरेको हो।

शिविरमा गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत पोखरा वडा नं ६ का चिकित्सकहरूले विशेषज्ञ सेवा उपलब्ध गराएका थिए। स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई आवश्यकतानुसारको औषधीसमेत सो अवसरमार निःशुल्क वितरण गरिएको थियो।
शिविरमा सभागृहचोक, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्रयोगशालासम्बन्धी प्राविधिक सेवा उपलब्ध गराएको थियो।

शिविरमा मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण पनि गरिएको छ। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तका अनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आयोजित उक्त शिविरमा करिब ५० जना नयाँ मधुमेहका रोग भेटिएका छन्। सो अवसरमा शिविर आयोजनाका लागि सहयोग गर्ने संघ, संस्था र व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook