Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

‘तितो सत्य’ का कलाकार विष्णुभक्त फुयाँलको नाटक खेल्दा खेल्दै निधन

86
phuyal

काठमाडौं १९ पुस । नेपाली रङ्गमञ्च तथा टेलिसिरियलका चर्चित अनि बरिष्ठ  कलाकार विष्णुभक्त फुयाँल (यो माई लभ ) को निधन भएको छ । मंगलबार जमल स्थित राष्ट्रिय नाचघरमा नाटक गर्दागर्दै स्टेजमै ढलेका उनको विर अस्पतालमा निधन भएको हो ।

रंगमञ्चमै ढलेपछि तत्काल वीर अस्पताल पुर्याईएका फुयाँलको उपचारमा संलग्न चिकित्सकले निधनको पुष्टि गरेका थिए । अहिले अस्पताल परिसरमा रंगकर्मीको घुईंचो लागेको छ ।

फुयाँलको अन्तिम संस्कार भने बुधबार मात्र बताईएको छ । केहि महिना पहिले बन्द भएको चर्चित हाँस्य सिरियल ‘तितोसत्य’ मा फुयाँलले निभाएको ‘यो माई लभ’ पात्र निकै चर्चामा थियो । उनि पछिल्लो केहि बर्षयता बौद्ध स्थित पानी ट्याङ्की नजिक एक्लै बस्दै आएका थिए ।

फुयाँल परिवारमा ( निर्मल, कमल र बिमल) तीन छोरा छन् भने उनकी पत्निको यसअघि नै निधन भईसकेको छ । परिवारका सदस्य मध्ये एक छोरा विदेशमा रहेका र अर्का दुई छोरा नेपालमै रहेपनि फुयाँल भने एक्लै बस्दै आएका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook