Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

टेलिकमले पोखरा र काठमाडौंमा सुरु गरेको फोर जी प्रिपेडमा नचल्ने

67
ntc-4g

पोखरा १७ पुस । नेपाल टेलिकमले आइतवार सुरु गरेको बहुप्रतिक्षित फोर जी इन्टरनेट सेवा प्रिपेड सिम प्रयोगकर्ताले भने चलाउन नपाउने भएको छ । पोखरा र काठमाडौंमा सुरु गरिएको उच्च गतिको इन्टरनेट सेवा पोष्टपेड प्रयोगकर्ताले मात्र चलाउन पाउने भएका छन् ।

तत्कालको लागि पोष्टपेड सिम प्रयोगकर्तालाई मात्रै यो सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रमका विच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले सुरु गरेको फोर जी सेवा पोखरा र काठमाडौंका जिएसएम पोष्टपेड प्रयोगकर्ताले ८४४४३ डायल गरी प्राप्त गर्न सक्नेछन् ।

यो अत्याधुनिक इन्टरनेट सुविधाबाट पोखरा र काठमाडौं उपत्यकाका ३ लाख ५० हजार पोष्टपेड प्रयोगकर्ता लाभान्वित हुने टेलिकमले जनाएको छ । यो सेवा तत्कालका लागि आइ फोनमा पनि नचल्ने जनाइएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook