• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • आहा रारा गोल्डकपमा दुई विदेशी सहित १० टिमले प्रतिष्पर्धा गर्ने   |   19 Feb 2019

  • पर्यटन व्यवसायी पौडेल पर्यटन वोर्डको सदस्यमा नियुक्त   |   19 Feb 2019

  • माछापुच्छ्रेमा एकीकृत घुम्ती शिविर, ११२ नागरिकता वितरण   |   19 Feb 2019

  • सेनाका हरि रिमाललाई पोखरा म्याराथनको उपाधि   |   19 Feb 2019

  • पोखरा म्याराथन समृद्धिका लागि महत्वपूर्ण : उपप्रमुख गुरुङ   |   17 Feb 2019

  • स्थानीय तहलाई खर्च गर्ने क्षमता बढाउन मुख्यमन्त्रीको आग्रह   |   17 Feb 2019

 

छिट्टै बिमानस्थलको शिलान्यास हुन्छ : अर्थमन्त्री पौडेल

05 Mar 2016

गिता राना मगर, पोखरा २२ फागुन । अर्थमन्त्री विष्णु पौडेलले पोखरामा छिट्टै क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन् । पोखरा विमानस्थलका लागि चीनको एक्जिम बैंकसँग ऋण सम्झौता गर्नमात्र बाँकी रहेको उनले बताए । केही समय अगाडि चीन भ्रमणमा जाँदा चिनीयाँ अर्थमन्त्रीसँग ऋण सम्झौताको कामलाई छिटो अगाडि बढाउन आफूले आग्रह गरेको पौडेलले जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाको शुक्रबार उद्घाटनका अवसरमा बोल्दै मन्त्री पौडेलले ऋण सम्झौता हुनासाथ विमानस्थलको शिलान्यास गरिने बताएका हुन । ऋण सम्झौता गर्न एक्जिम बैंक सैद्धान्तिक रुपमा तयार रहेको पौडेलले बताए । ऋण सम्झौताका लागि केही प्रक्रिया मात्र बाकी रहेको वताउदै बिमानस्थल निर्माणका लागि आन्तरिक कुनै समस्या नरहेको प्रश्ट पारे ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको व्यापार मेलाका साथमा सातौं संस्करणको क्यान इन्फोटेक पनि शुक्रबारबाटै सुरु भएको छ । क्यान इन्फोटेकको पनि अर्थमन्त्री पौडेलले उद्घाटन गरेका छन् । मेलामा डोममा सूचना तथा प्रविधिका ७८ वटा स्टल राखिएका छन् । राष्ट्रिय तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने लक्ष्यसहित आयोजित मेलामा ३ सय ६ वटा स्टल रहेको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलाको आकर्षणमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण छन् । मेलामा अटो प्रदर्शनी पनि सुरु भएको छ ।

मेलामा अन्तर उद्योग वाणिज्य संघ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृहको व्यवस्था, बाल उद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको संघका महासचिव रवीन्द्रबहादुर प्रजूले जानकारी दिए ।

  •  
  •  
  •  
  •  Tweet
  •  
2016-03-05
peacepokhara

Related Articles

मुनाल सहकारीको साधारणसभा,सहकारीलाई उत्पादनमा लाग्न मन्त्री थापाको आग्रह

मुनाल सहकारीको साधारणसभा,सहकारीलाई उत्पादनमा लाग्न मन्त्री थापाको आग्रह

Krishna Dawadi 16 Sep 2018

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तिब्र, ७० प्रतिशत स्टल बुकिङ

peacepokhara 08 Nov 2014
पुईमे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विक्रम गुरुङ निर्वाचित

पुईमे बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विक्रम गुरुङ निर्वाचित

Krishna Dawadi 01 Sep 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved