Breaking News:

कास्कीमा म्यादी प्रहरीको लागि ३ दिनमा २१९ ले दरखास्त दिए,१७ गतेसम्म समय
पोखराका अग्नि नियन्त्रकको लागि अन्तर्राष्ट्रिय स्तरको तालिम
पोखराको मुख्य मुहान मर्दीखोलामा पानी शुद्धिकरण परियोजना सुरु
यस्तो थियो ५० बर्ष पुरानो पोखरा (भिडियो सहित)
कास्कीमा सवारी दुर्घटना बढ्यो, ८ महिनामा ४२ जनाको ज्यान गयो
तोडिएको कीर्तिमान पुनः फर्काउन सगरमाथा चढ्दै ८६ बर्षीय शेरचन
नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउन सर्वोच्चको परमादेश,चन्दको नियुक्ती बदर
एटिएमबाट डाटा चोरी गरी अर्काको पैसा निकाल्ने दुई विदेशी पोखरामा पक्राउ (कसरी सुरक्षित हुने ? )
महानगरको नाममा बहस , पोखरा लेखनाथ कि पोखरा मात्रै ?
पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ

गायन कला छ ? ५० हजार जित्न सकिन्छ

30
gayan-tara

पोखरा २१ पुस । के तपाईमा गायन कला छ ? यदि छ भने मौका यहि हो फारम भर्नुस् र ५० हजार रुपैया जित्नुस् । युनाइटेड क्लबले आयोजना गर्न लागेको सातौ पोखरा महोत्सबमा गायन प्रतिभा हुनेलाई सुनौलो मौका छ ।

पुस २९ देखि माघ १० गते सम्म अमरसिंहचौरमा हुन लागेको महोत्सबको अबसरमा तेस्रो पोखरा तारा गायन प्रतियोगिता पनि समावेश गरिएको छ । यो प्रतियोगितामा सहभागिताका लागि पुस २५ गते सम्म फारम भर्न पाइनेछ । विना भोटिङ निर्णायककै सर्वाधिकारबाट विजेता छनौट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन ५ सय रुपैया दर्ता शुल्क तोकिएको छ । सहभागीता फारम भर्ने अन्तिम मिति पुस २५ गते सम्म रहेको र छनौट चरण २६ गते हुने आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार र तेस्रो हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

महोत्सबको अबसरमा प्रतिभा प्रष्फुटनका लागि पनि मञ्च दिने उद्देश्यले क्लबले विगत दुई बर्षदेखि गायन तारा प्रतियोगितालाई पनि समावेश गर्दै आएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook