काठमाडौं २६ जेठ । नेपाल भित्र रेल्वे सेवा निर्माणमा चिनियाँ सरकारले सहयोग गर्ने सहमतिसँगै विभिन्न चिनियाँ कम्पनीले अग्रसरता बढाएका छन्।
एउटा चिनियाँ कम्पनीले काठमाडौं-पोखरा रेल्वे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा सरकारलाई बुझाएको छ भने अर्को चिनियाँ कम्पनीले रसुवागढी-काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरेको छ।
पोखरा विमानस्थलको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ लिमिटेडले पोखरा–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययनको ड्राफ्ट सरकारलाई बुझाएको छ। ‘ड्राफ्ट रिर्पोट मन्त्रालय हुँदै हामीकहाँ आइपुगेको छ’ रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यले भने ‘हामी अध्ययन गरिरहेको छौं।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मंसिर १५ गते सो कम्पनीलाई पोखरा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिएको थियो।
रसुवागढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न अर्को चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्टन कर्पोरेशन लिमिटेड ९सिआरसिसी०ले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको छ। सो कम्पनीले दुई हप्ताअघि रसुवाढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको र सो निवेदन बोधार्थ आफ्नो विभागमा पनि आएको आचार्यले बताए।