काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्न उच्चस्तरीय संयन्त्र गठन

15
investment-board-meeting

काठमाडौं २४ पुस । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका लागि राष्ट्रिय लगानी बोर्डले उच्चस्तरीय संयन्त्र गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा आइतबार बिहान बसेको बोर्ड बैठकले योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा संयन्त्र गठन गरेको छ । यसले काठमाडौंमा सहज यात्राका लागि मेट्रो रेल कहाँ, कसरी गुडाउन सकिन्छ भन्ने अध्ययन गर्नेछ ।

यसअघि कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले पनि सन् २०१२ मा काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाब्यता अध्ययन गरेको थियो । त्यही बेलादेखि बेला-बेलामा मेट्रो रेलको चर्चा हुने गरेपनि थप काम हुन सकेको छैन । अब भने सरकारी स्तरबाटै यसबारे अध्ययन गर्न लागिएको हो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook