• Home

Peacepokhara.com

  • मुख्य पृष्ठ
  • समाचार
  • प्रदेश
  • बिजनेस
  • मनोरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • बिज्ञान-प्रबिधि
  • अन्तर्वार्ता
  • राजनीति
  • फोटो फिचर
  • भिडियो
  • English
ताजा अपडेट
  • नेल्टाको आयोजनामा पोखरामा दुई हप्ते कृत्रिम गर्भाधान तालिम हुँदै   |   23 Feb 2019

  • पोखराबाट सुनौली जाँदै गरेको बस र मोटरसाईकल ठोकिदा दुई जनाको मृत्यु   |   23 Feb 2019

  • विधान संशोधन ऐतिहासिक :पत्रकार महासंघ   |   23 Feb 2019

  • मनाङलाई पराजित गर्दै एपिएफ आहा राराको सेमिफाईनलमा   |   23 Feb 2019

  • अमेरिकामा नेपाली भाषी भुटानी बेपत्ता,गाडी भेटियो मान्छे भेटिएन   |   23 Feb 2019

  • तीन दिवसीय कार्यक्रम सहित माछापुच्छ्रे माविको स्वर्ण महोत्सव शुभारम्भ   |   23 Feb 2019

 

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल 

20 Mar 2017

अच्युत रेग्मी, काठमाडौँ ७ चैत्र । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो ।

काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समस्या उत्पन्न भएको छ ।

काठमाडौँ उपत्यकामा विसं १९५८ सालमा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर काठमाडौँ ल्याएका भए पनि सर्वसाधारणले भने विसं १९७० को दशकबाट मात्र सवारी साधनको प्रयोग गर्न पाएका थिए ।

काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारी साधनको सङ्ख्या पनि अत्यधिक रुपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डे हाल काठमाडौँ उपत्यकामा करिब ११ लाखको हाराहारीमा सवारी साधन रहेको बताउँछन् । उनी भन्छन् – “वार्षिक एक लाखको हाराहारीमा काठमाडौँ उपत्यकामा सवारी साधन भित्रिन्छन् ।”

विसं २००४ देखि सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि २००७ सालबाट मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो । कम बाटो र सीमित सवारी साधनका कारण २०१२ सालमा केन्द्रीय ट्राफिक कम्पनीका रुपमा १२५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गर्ने गरे पनि हाल एक हजार ३४६ ट्राफिक कार्यरत रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनी भन्छन् – “सहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधार निर्माण हुन नसक्नुका साथै यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्दा समस्या उत्पन्न भएको हो ।” घिमिरे काठमाडौँमा सवारी साधनको चापअनुसार ट्राफिक खटाउने हो भने दुई हजारभन्दा बढी जनशक्ति आवश्यक पर्ने बताउँछन् ।

अहिले एक हजार ८५ जनाको दरबन्दी महाशाखामा भए पनि देशभरबाट तालिममा आएका ट्राफिकलाई समेत काममा खटाउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकाका थापाथली, केशरमहल, नयाँबानेश्वरलगायत मुख्य चोकमा कार्यालय सञ्चालन भएको दिनमा अहिले पनि तीनदेखि पाँच मिनेटसम्म सवारी साधन रोकिनुपर्ने हुन्छ ।

केन्द्रीय ट्राफिक कम्पनीका रुपमा रहेको महाशाखा २०४९ सालमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका रुपमा रहेको थियो । विसं २०४९ सालमा स्थापना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय २०६३ सालमा आएर महानगरीय ट्राफिक प्रहरी महाशाखाका रुपमा स्थापना भएको हो ।

विसं २०५४ देखि विभिन्न क्षेत्र तथा जिल्ला कार्यालय खोलेर काम गरेको ट्राफिकले काठमाडौँ उपत्यकामा मात्र ३५ स्थानमा विभिन्न कार्यालय खोलेर सेवा दिइरहेको छ । हाल एकजना ट्राफिकले दैनिक आठ घन्टादेखि १४ घन्टासम्म काम गर्नुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने, समयानुकूल ट्राफिक सङ्गठन परिवर्तन गर्दै लैजानु, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाउने मूल्य र मान्यताअनुसार काम गरिरहेको महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामा बताउँछन् ।

काठमाडौँ उपत्यकाभित्र हाल एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने ४०० किलोमिटरदेखि ५०० किमी रहेको लामाले बताए ।

हाल महाशाखाले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको छ ।

ट्राफिकले आफू चढेको सवारी साधनबाट उपत्यकाको सवारी व्यवस्थापन, वडिवन क्यामरा, ड्रोन क्यामरामार्फत सवारी साधन व्यवस्थापन गर्दै आएको छ । सवारी साधन दिनानुदिन भित्रिँदै जाने र आवश्यक पूर्वाधार नहुँदा उपत्यकाको ट्राफिक व्यवस्था झन जटिल बन्दै जाने महाशाखाले जनाएको छ । रासस

  •  
  •  
  •  
  •  Tweet
  •  
2017-03-20
peacepokhara

Related Articles

आज सरस्वतीको पूजा , श्रीपञ्चमी पर्व मनाइँदै

peacepokhara 13 Feb 2016

एनटीसीमा व्यालेन्स ट्रान्सफर सेवा पुनः सुचारु

peacepokhara 25 Dec 2015
रेडक्रस घाचोक उपशाखामा वुद्धि मिजार निर्विरोध

रेडक्रस घाचोक उपशाखामा वुद्धि मिजार निर्विरोध

Krishna Dawadi 07 Jan 2018

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Advertisement

Advertisement

Advertisement

Our Team

Publishor/Editor (प्रकाशक/सम्पादक)
Gokul Baniya (गोकुल बानिया )

Director (प्रबन्धक)
Krishna Dawadi (कृष्ण दवाडी)

Email (इमेल)
newspokhara1@gmail.com

Twitter Post

Unable to load Tweets

Our Facebook Page

Copyright 2017, All Rights Reserved