Breaking News:

उच्च अदालत पोखराको मुख्य न्यायधीसमा पुरुषोत्तम भण्डारीको सपथ (कहाँ को नामावली सहित )
अब एसियाली मापदण्डको अत्याधुनिक बस पोखरामै तयार हुने (भिडियो सहित)
पोखरामा इन्टरनेट र केवल टिभी भित्र्याउने ब्यक्ति रहेनन्
पोखराको सिर्जनाचोकमा ट्रकको ठक्करले ४ बर्षीय वालिकाको ज्यान गयो
तीन महिना भित्र पोखराको चोक–चोकमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’
१५ औं आहा ! रारा गोल्डकपको तयारी पूरा, विजेतालाई ५ लाख
पोखरा उप–महानगरपालिको बजेट १ अर्व २८ करोड (नयाँ नीति तथा कार्यक्रमको पूर्णपाठ सहित )
फेवाताल संरक्षणको लागि १ करोड वजेट, ताल किनारको अतिक्रमण हटाइने
फलोअप : पोखरामा दर्जन युवतीसहित पुरै घर भाडामा लिएर निर्धक्क यौन व्यवसाय
पोखराको नयाँ योजना : फ्लाई ओभर सडक देखि सेती फिर्के करिडोरसम्म (भिडियो सहित )

एन प्याब्सान स्थापना दिवसमा १० वर्ष निरन्तर अध्यापनरत शिक्षक / शिक्षिका सम्मानित

24
samman

पोखरा २७ पुस । नेशनल प्याव्सानको २० औ स्थापना दिवसको अवसमार नेशनल प्याव्सान कास्कीले विविध कार्यक्रम आयोजन गरि स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा एन प्याव्सानमा आवद्ध विद्यालयमा १० वर्ष निरन्तर मावि तहमा अध्यापनरत शिक्षक शिक्षिकलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा कास्की मोर्डनाइज्ड एकेडेमीबाट शिवलाल उपाध्याय र प्रेमनाथ गौतम, हेम्जा बोर्डिङबाट नारायणी वस्नेत, युनिभर्स वोर्डिङ स्कूलबाट लिलानाथ दाहाल र राजेन्द्रप्रसाद वाग्ले, चिल्ड्रेन्स एकेडेमीबाट रिता गुरुङ, सिद्धार्थ लवडेल बोर्डिङ स्कूलबाट जितबहादुर खत्री र दिपेन्द्रराज अधिकारी, अञ्जुली आवसीय माविबाट गोविन्दप्रसाद पौडेल, न्यू ग्यालेक्सी माविबाट राजेश भण्डारी, धनप्रसाद श्रेष्ठ र हरिलाल उपाध्याय, गोर्खा बोर्डिङ स्कूलबाट अञ्जली थापा, दिपेन्द्र थापा, रुवि थापा, राजेश्वरी थापा रहेका छन्।

उनीहरुलाई कार्यक्रमका प्रमख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम र एन प्याब्सानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, उपाध्यक्ष याम खड्का र कास्कीका अध्यक्ष रामबहादुर मोचीले दोसोल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए।

त्यसैगरि स्थापान दिवसकै अवसरमा सामाजिक सेवा दायित्व अन्तर्गत कुँडर प्राविमा अध्यनरत दृष्टिविहिन विद्यार्थीहरुलाई वेडसिट, गलैचा, प्लाष्टिक टेवल वितरण गरिएको थियो भने एन प्याव्सान कार्यालय वरपर रहेका समुदायका २४ घर परिवारलाई कम्पोस्ट विन वितरण गरिएको थियो। गत वर्ष स्थापना दिवसको अवसरमा ती परिवारलाई सरसफाइ तथा वातवरण सम्वन्धि सचेतना कार्यक्रम अयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा निजि तथा संस्थागत विद्यालयल महत्वपूर्ण भूमिका खेलेकोले यसलाई नजरअन्दाज गर्न नसकिने बताए।

कार्यक्रममा एन प्याब्सानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, उपाध्यक्ष याम खड्का, पोखरा उपमहानगर पालिकाका वातवरण शाखा अधिकृत निर्मलमान सिंह भण्डारी, अभिभावक संघका पश्चिमाञ्चल संयोजक तारा पाखे, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङले बोलेका थिए।

एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। एन प्याब्सान कास्कीमा हाल ४५ विद्यालय आवद्ध रहेका छन्।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook