Breaking News:

पोखरा १७ मा पनि एमाले प्यानलनै विजयी
पोखरा १९ मा एमालेका शोभामोहन पौडेल सहितको प्यानल विजयी
पोखरालाई नमुना सहर बनाउछु ,सबैको साथ चाहिन्छ : श्रेष्ठ
अग्रज पर्यटन व्यबसायी सुन्दरकुमार श्रेष्ठ उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त
सीम गुरुङ पोखरा २० को अध्यक्ष निर्वाचित,सरकारी तलब वडाकै विकासमा खर्चिने
पोखरा महानगरमा स्थगित मतगणना ४६ घण्टापछि सुरु
पोखराको स्थगित मतगणना सुरु गर्न सर्वदलिय बैंठक जारी
पुन: निर्वाचन गराउन माग गर्दै असन्तुष्ट दलको ज्ञापनपत्र, ‘कानुन विपरितको निर्वाचन’ वदर गर्न माग
प्रतिनिधिहरु नआएपनि हुन्छ : मुख्य निर्वाचन अधिकृत (बिज्ञप्ती सहित )
असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने तयारी (आयोगको पत्र सहित)

उपल्लो सेतीमा जारी कायकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गतका खेल सम्पन्न (फोटो र भिडियो सहित)

12

गिता राना मगर, पोखरा १४ मंसिर । पोखराको अपर सेतीमा जारी कायकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गतको खेल सम्पन्न भएको छ । मंगलबार सम्पन्न खेलमा पुरुषतर्फ अमेरिकाका गारेन स्टेफेन प्रथम भएका छन । बोर्डर क्रसमा बेलायतका नोएह फिलिप्स र नेपालका दिपेश गुरुङ क्रमस द्धितिय र तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन । त्यसैगरी मंगलबार सम्पन्न महिलातर्फको बोर्डर क्रसमा बेलायतका बेथ मोर्गन प्रथम, अमेरिकाका किरा पाउलस द्धितिय र आयरल्याण्डकी सुसन डोयल तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी छिन ।

एक किलोमिटर दुरीको बोर्डर क्रस हेड टु हेडमा बिदेशी र नेपाली गरी ५२ जना खेलाडीहरु सहभागी थिए । मंगलबारको बिजेताहरु भोली हुने स्ट्रीम सललम मा प्रतिस्पर्धा गर्नेछन । मंगलबार छनौट भएका ४ जना र सोमबार छनौट भएका २८ जना गरी ३४ जनाले मंगलबारको खेलमा सहभागीता जनाउने नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)का पश्चिमाञ्चल संयोजक नीम बहादुर मगरले जानकारी दिए ।

हिमालयन ह्वाइटवाटर च्यालेन्ज नामक कायकिङ प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्रदान गरिनेछ ।

महिला तर्फ विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ । यसअघि भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा हुदै आएको प्रतियोगिता पहिलो पटक सेती नदीमा आयोजना गरिएको हो । प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन गर्नुको साथै सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook