Breaking News:

४० बर्षदेखि लालपुर्जा विहिन पोखराको बस्ती
पोखरामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स,१०२ मा फोन गरे तत्काल आउने (भिडियो सहित )
पोखराको मेयरमा काँग्रेसबाट ३३ जनाको प्रस्ताव
सरकारीमा भरिए बोर्डिङका विद्यार्थी
स्थानीयको दवावपछि दुई महिना देखि बन्द मनिपाल अस्पताल सञ्चालनमा
करोडौ रकम हिनामिना गरी फरार भएका रविचन्द्रले खुल्लापत्र लेख्दै यसो भने ..
स्थानीय निकाय चुनाव दुई चरणमा गर्ने सहमतिपछि मोर्चाको आन्दोलन स्थगित
मुस्ताङ बस दुर्घटनामा मृतक सबैको सनाखत, घाइतेको पोखरामा उपचार हुदै
मुस्ताङमा तिर्थयात्री सवार बस दुर्घटना, ५ को मृत्यु, ३० जना घाइते
पोखरामा ९१ वटा नक्कली नोट संकलन,कसरी छुट्याउने सक्कली र नक्कली ?

कायकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड का खेल सम्पन्न (फोटो र भिडियो सहित)

52

गिता राना मगर, पोखरा १४ मंसिर ।पोखराको अपर सेतीमा जारी कायकिङ प्रतियोगितामा मंगलबार बोर्डर क्रस हेड टु हेड अन्तर्गतको खेल सम्पन्न भएको छ । मंगलबार सम्पन्न खेलमा पुरुषतर्फ अमेरिकाका गारेन स्टेफेन प्रथम भएका छन ।

kayaking upper seti

 

बोर्डर क्रसमा बेलायतका नोएह फिलिप्स र नेपालका दिपेश गुरुङ क्रमस द्धितिय र तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन । त्यसैगरी मंगलबार सम्पन्न महिलातर्फको बोर्डर क्रसमा बेलायतका बेथ मोर्गन प्रथम, अमेरिकाका किरा पाउलस द्धितिय र आयरल्याण्डकी सुसन डोयल तृतीय स्थान हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेकी छिन ।

dsc_0955
एक किलोमिटर दुरीको बोर्डर क्रस हेड टु हेडमा बिदेशी र नेपाली गरी ५२ जना खेलाडीहरु सहभागी थिए । मंगलबारको बिजेताहरु भोली हुने स्ट्रीम सललम मा प्रतिस्पर्धा गर्नेछन । मंगलबार छनौट भएका ४ जना र सोमबार छनौट भएका २८ जना गरी ३४ जनाले मंगलबारको खेलमा सहभागीता जनाउने नेपाल एशोसिएसन अफ ¥याफ्टिङ (नारा)का पश्चिमाञ्चल संयोजक नीम बहादुर मगरले जानकारी दिए ।

dsc_1082
हिमालयन ह्वाइटवाटर च्यालेन्ज नामक कायकिङ प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सिनियर तर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैया पुरस्कार प्रदान गरिनेछ । त्यस्तै जुनियर तर्फ पहिलो ३० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई २० हजार रुपैया प्रदान गरिनेछ ।

dsc_1135
महिला तर्फ विजेतालाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख खर्च अनुमान गरिएको छ । यसअघि भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा हुदै आएको प्रतियोगिता पहिलो पटक सेती नदीमा आयोजना गरिएको हो । प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र ¥याफ्टिङ पर्यटनको प्रवद्र्धन गर्नुको साथै सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।
dsc_1150dsc_1110

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook