Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

आठ वर्षपछि प्रधानमन्त्री प्रचण्डले खानेपानी महसुल तिरे

29
Prachanda1

काठमाडौं २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् ।

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए ।

दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

ट्यांकरको मात्र नभई धाराबाट वितरण भइरहेको खानेपानीको समेत विभिन्न संघ–संस्था, व्यक्ति तथा कार्यालयबाट बक्यौता उठ्न सकेको छैन । केयूकेएलले उठाउन बाँकी यस्तो महसुल परिणाम हालसम्म दुई अर्ब रुपैयाँ पुगिसकेको भट्टराईले जानकारी दिए । यो बक्यौता नेपाल खानेपानी संस्थान हुँदादेखिकै हो ।

संस्थानबाट ७० करोड रुपैयाँ रुपान्तरण भइआएको र २०६४ पछि केयूकेएलको मात्रै १ अर्ब ३० करोड रुपैयाँ बक्यौता भइसकेको छ । केयूकेएल हाल वार्षिक २० करोड रुपैयाँ नगद घाटामा सञ्चालनमा भइरहेको छ । उनका अनुसार, केयूकेएलको महसुल नतिर्नेमा निजी उपयोगकर्ताभन्दा कार्यालय भन्दा पनि सरकारी कार्यालय र संघसंस्था छन् ।

“जंगबहादुरका पालादेखिको खानेपानीको लाइन भएकाले बिलिङ भए पनि स्पष्ट जानकारीसमेत नभएको अवस्था छ,” उनले भने, “यस्ता धाराको संख्या करिब १३ हजारको हाराहारीमा छ ।” सिंहदरबार, सार्वजनिक धारा, सरकारी कार्यालयहरू, अस्पताल, नाराहणहिटी संग्रहालय, नगरपालिकाका कार्यालयलगायतको नाममा लाखौं रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको खबर आजको कारोबारमा छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook