Breaking News:

पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापन (फोटो सहित )
मेला महोत्सबको भिडमा छुट्टै पहिचान सहित पोखरामा तेस्रो ‘जंगल फेस्टिभल’ सुरु
फेरिदैछ पोखरा रंगशालाको अनुहार
पेट्रोल पम्पमा अनावश्यक लाइन,स्टक राख्नेका कारण अत्यावश्यकले पाएनन्
अभावको हल्ला : उपभोक्ताले घरमा तेल थुपार्न थाले, बजारका कृतिम अभाव
स्थानीय चुनाव वैशाख ३१ मा गर्ने सरकारको घोषणा
पोखरा विश्वविद्यालयका झण्डै पाच हजार विद्यार्थी दीक्षित,गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड
पत्रकार महासंघ कास्कीको अध्यक्षमा दीपेन्द्र श्रेष्ठ विजयी
उपाध्यक्षकी बागी उमेदवार ईश्वरी पौडेल प्रेस चौतारीबाट निष्काशित
(अपडेट) पत्रकार महासंघ कास्कीको अधिवेशन : मतदान सकियो,२९५ मत खस्यो

आज क्रिसमस डे मनाइँदै

35

पोखरा १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभर क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको इतिहास छ । हाल नेपालमा आठ हजार पाँच सय चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन् । विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिकस्थलमा पनि मनाइन्छ ।

क्रिसमसका उपलक्ष्यमा पोखराको लेकसाइड काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर लगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रिलगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook