आगामी आर्थिक बर्षलाई लेखनाथ नगरपालिकाको बजेट २६ करोड ४० लाख

80
lekhtanh

गोकुल बानियाँ, पोखरा २५ पुस । लेखनाथ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि २६ करोड बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको २४ औं नगरपरिषद्बाट पारित योजना, नीति तथा कार्यक्रम सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै कार्यकारी अधिकृत नवराज ढुंगानाले आगामी आर्थिक बर्षको लागि कुल २६ करोड ४० लाख ५२ हजार रुपैया बजेट प्रस्ताव गरिएको बताए ।

चालु आर्थिक बर्ष २१ करोड ५२ लाख २० हजार रुपैया रहेकोमा आगामी बर्षका लागि झण्डै पाँच करोड बढी प्रस्ताव गरिएको हो । कुल बजेट मध्ये पूर्वाधार तथा संरचना विकासमा ८ करोड ८८ लाख ९६ हजार, कृषी वन तथा वाताबरण तर्फ ५५ लाख ४१ हजार, जनसंख्या तथा सामाजिक तर्फ ११ करोड ३६ लाख २४ हजार , संगठन तथा प्रशासन तर्फ ५ करोड ८ लाख ४१ हजार र जलस्रोत तथा भूमि शिर्षकमा ५१ लख ५० हजार रुपैया बजेट विनियोजन गरिएको ढुंगानाले जानकारी दिए ।

बजेटको कुल आन्तरिक श्रोत तर्फ ४ करोड ६६ लाख ८२ हजार अर्थात् १७.६८ प्रतिशत र वाह्य श्रोत तर्फ २१ करोड २१ करोड ७३ लाख ७० हजार अर्थात् ८२.३२ प्रतिशत अनुमान गरिएको छ । आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेटमा खर्च ब्यहोर्ने मसख्य श्रोतका रुपमा आन्तरिक श्रोत तर्फ स्थानिय करबाट एक करोड ९८ लाख ८० हजार रुपैया, सेवा शुल्कबाट १५ लाख ४० हजार, दस्तुरबाट २ करोड ३९ लाख ५० हजार, विक्रीबाट ६ लाख र अन्यबाट ७ लाख १२ हजार अनुमान गरिएको छ ।

यसैगरी वाह्य आय तर्फ नेपाल सरकारबाट अनुदान १५ करोड ४५ लाख २० हजार, राजश्य वाडफाँड तथा रजिष्टेशन मार्फत २ करोड ४० लाख एबं अन्य निकायबाट एक करोड ३८ लाख ५० हजार र लागत सहभागीताबाट २ करोड ५० लाख प्राप्त हुने लक्ष्य राखिएको छ ।

नयाँ नीति तथा कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्रका सार्वजनिक जग्गाको लागत तयार गर्ने, जथाभावी भइरहेको जग्गा प्लटिङलाई ब्यवस्थित गर्न नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि संलग्न कार्यदल गठन गर्ने, वेगनासतालमा आधुनिक पर्यटन गतिविधि समावेश गर्न संभाव्यता अध्ययन गर्ने , फोहोर ब्यवस्थापनका लागि पोखरा उपमहानगरपालिकासँग साझेदारी गर्ने विषय उठान गरिएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook