अब पालिखेचोकबाट गिरिजाचोक सम्म र मनिपाल चोकबाट पालिखेचोक सम्म एकतर्फी सवारी

Headline, पोखरा, समाचार 0 386

गोकुल बानियाँ, पोखरा २१ पुस । साघुरो सडकका कारण अत्याधिक सवारी जाम हुने पोखराको पालिखेचोक सडक अब एक तर्फी बनाइएको छ । सवारी ब्यवस्थापन सहज बनाउन पालिखेचोक भएर चल्ने सडकको केहि खण्ड विहिवारदेखि वान वे बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक विश्वराज अधिकारीले पिसपोखरालाई जानकारी दिए ।

पोखराको केन्द्रमा पर्ने पालिखेचोकमा महेन्द्रपुल, गैह्रापाटन, तेर्सापट्टी र नदिपुर चार तिरबाट आउजाउ हुने सवारीका कारण अत्याधिक जामको समस्या रहेकोमा अब वान वे बनाएर भएपनि सवारी चाप कम गर्न खोजिएको हो । स्थानीयको सहमति र पोखरा उपमहानगरपालिकाको समेत सहयोगमा पालिखेचोक भएर सञ्चालन हुने सवारीलाई एकतर्फी रुपमा सञ्चालन सुरु गरिएको अधिकारीले बताए ।

अब नालाको मुखबाट सिधै पालिखेचोक आउन पाइने छैन भने पालिखेचोकबाट मनिपाल र वगर तर्फ जाने सवारी यसअघिको जस्तो थकाली सेवा समिति तर्फको बाटो हुदै सिधै जान पाउने छैनन् । पालिखेचोकबाट नालाकोमुख तर्फको सडक खण्ड अन्तर्गत गिरिजाचोकसम्म एक तर्फी जाने र मनिपाल जाने चोकबाट थकालीसेवा समिति तर्फको सडक हुदै पालिखेचोक तर्फ एक तर्फी आउन मात्रै पाइनेछ ।

तेर्सापट्टी स्थित गिरिजाचोकलाई फराकिलो बनाएर सोहि चोकबाट तल पालिखेचोक तर्फ आउने सवारीलाई मनिपाल जाने चोक तर्फको सडक मार्फत घुमाउने ब्यवस्था मिलाइएको छ । जस अनुसार अब नालाकोमुखबाट सिधै पालिखेचोक आउन पाइने छैन । नालाकोमुखबाट गिरिजाचोक पुगेपछि मनिपाल जाने चोक पुगेर मात्रै पालिखेचोक तर्फ आउनुपर्नेछ ।

तस्विर : रञ्जन अधिकारी

तस्विर : रञ्जन अधिकारी

त्यस्तै महेन्द्रपुलबाट पालिखेचोक क्रस भएर थकाली सेवा समिति तर्फको बाटो हुदै मनिपाल, वगर जाने सवारी अब सिधै जान पाउने छैनन् । महेन्द्रपुलबाट पालिखेचोक हुदै नालाकोमुख तर्फको बाटो (गिरिजाचोक) पुगेपछि मात्रै मनिपाल जाने चोकतर्फ मोडिन पाइनेछ ।

त्यस्तै थकाली सेवा समितितर्फबाट आउने सवारी पहिलेको जस्तो सिधै गैह्रपाटन तर्फ आउन पाउने छैनन् । पालिखेचोकको तल्लो भागबाट मोडिएर मात्रै पुन गैह्रपाटन आउनुपर्नेछ । तर गैह्रपाटन तर्फबाट पालिखेचोक हुदै महेन्द्रपुल तर्फ जाने सवारी भने पहिलेको जस्तै मोडिन पाउनेछन् ।

सवारी ब्यवस्थापनका लागि अहिले पालिखेचोकबाट गिरिजाचोक सम्म र मनिपालजाने चोकबाट पालिखेचोक सम्मको सडम एक तर्फी गरिएकाले सोहि अनुसार सवारी सञ्चालन हुने ट्राफिक प्रहरी नायव निरिक्षक शिब थापाले बताए ।

सवारी संख्यामा बृद्धि भएसँगै पछिल्लो समय पोखरामा जामको समस्या बढ्दै गएकाले पनि ब्यवस्थापनको लागि विभिन्न विकल्प खोज्न थालिएको हो । सवारी जामको समस्या निम्त्याउने पृथ्बीचोक स्थित आइल्याण्ड सानो गर्ने बारे पनि पहल भैरहेको छ । त्यस्तै पोखराका अन्य साघुरा सडकलाई पनि एक तर्फी बनाएर सहज आवतजावतको ब्यवस्था मिलाउने तयारी भैरहेको ट्राफिक प्रहरी निरिक्षक अधिकारीले बताए ।

सवारी ब्यवस्थापनका लागि सडकका सबै भागमा ट्राफिक प्रहरी पुग्न नसक्ने भएकाले चालक र अन्य नागरिक पनि आफै जागरुक हुनुपर्नेमा उनले जोड दिए । अहिले पृथ्वीचोकमा मात्रै ६ जना ट्राफिक प्रहरी खटिनुपर्ने अबस्था छ । २८ जनाको दरवन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा हाल ६३ जना कार्यरत छन् । तैपनि ट्राफिक जनशक्ति कम भएको आवाज उठिरहेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook