अपांगमैत्री नहुदा विदेशी पर्यटकलाई लाई यस्तो सास्ती ( फोटो /भिडियो  सहित)

95
manakamana-cabul-car

गिता राना मगर, पोखरा २० मंसिर । नेपाल आउने अधिकांश विदेशी पर्यटकहरु सुन्दर ठाउ घुम्न पन पराउछन । कोही घुमाइ संगै विभिन्न साहसिक गतिविधीमा संगग्न हुन्छनभने कोही अध्ययन अनुसन्धानका लागी आउने गर्दछन । पछिल्लो समय नेपालमा यी भन्दा भिन्दै खालको पर्यटकहरु आउन थालेका छन । उनीहरु हुन अपाङ समुह अन्तर्गतका पर्यटक ।

त्यसमा पनि त्यस्ता पर्यटक जसले ह्वीलचियरको प्रयोग गर्ने गर्दछन । हालै नेपालको विभिन्न ठाउहरुको भ्रमण संगै पोखरामा त्यस्तै ह्वीलचियर प्रयोग गर्ने तीन जना पर्यटकहरुले पोखराको भ्रमण गरे । उनीहरुले पोखराको माउण्ट कैलाश रिसोर्टमा दुइ दिन बिताएभने पोखरा आसपासका भेगहरु संगै फेवातालमा डुङगा समेत सयर गरे ।

पोखराको माउण्ट कैलाशमा भेटिएका तीन जना इजरायली पर्यटक सोसना ब्लिन्डर, उनका पति यसुवा मायर र उनका साथी खायम कोसोचिभित्जउनीहरुले आफुहरु शारिरीक रुपमा अशक्त भएतापनि दृढ इच्छाशक्तिका कारण नेपाल आएको र एकदम रमाइलो भएको अनुभव पिसपोखरा डटकम संग वताए ।

manakamana-cabul-car

नेपालमा पर्यटकका लागी अपांङमैत्री वातावरण भए नभएको थाहा नभइकन पनि आफुहरु नेपालको सुन्दरता र नेपालीहरुको रहन सहनको बारेमा धेरै कुरा सुनेको र प्रत्यक्ष हेर्ने हिसावले पोखरा आइपुगेको इजरायली पर्यटक सोसना ब्लिन्डरले पिसपोखरा डटकमलाई वताइन । ब्लिन्डरले आफुहरुले नेपालीहरुले पर्यटकलाइ गर्ने सम्मान अत्यन्तै श्रहानिय रहेको वताउदै अपाङगमैत्री संरचनाहरु निर्माण गरी अगाडी वढेको खण्डमा नेपालमा ह्वीलचियरको माध्यामबाट घुम्ने पर्यटकको संभावना रहेको वताइन ।

प्राकृतिक हिसावले नेपालीहरु धनी भएको र यहां अन्य पर्यटकको जस्तै ह्वीलचियरमा हिड्ने पर्यटकहरुलाई मध्येनजर गरी त्यस्तै खालको होटलहरु, शौचालय, सवारी साधनको उपलब्धता गर्नतर्फ सरकार र पर्यटन ब्यवशायीहरुले ध्यान दिनुपर्नेमा समेत सुझाव दिइन । उनले काठमाण्डौमा साझा बसमा यात्रा गर्दा अफ्ठेरो महशुस गरेको वताउदै आफुहरु जस्ता पर्यटकलाई सवारी पनि अपांगमैत्री बनाउनुपर्नेमा जोड दिइन ।

उनले आधुनिक यात्राको रुपमा हेरिने केबुलकारमा समेत अपांगमैत्री ब्यवस्था नहुदा आफुहरुलाई खसीबोका र सामान बोक्ने कोर्कामा बोक्नुपर्दा निकै अफ्ठेरो लागेको वताइन ।  त्यस्तै अर्का पर्यटक खायम कोसोचिभित्जले पोखरा अत्यन्तै सुन्दर रहेको र पोखरेलीको मन पनि अत्यन्तै राम्रो , पर्यटकलाई हेर्ने र सत्कार पनि अन्य ठाउको भन्दा फरक रहेको वताए । लेकसाइड संगै जोडिएको फेवातालमा डुङगा सयर गरी मनोरम हिमाल र जंगल हेर्दा आफु प्रकृतिप्रति निकै मनमोहक भएको र आफु अपाङग भएर पनि अपाङ नभए जस्तो अनुभव भएको वताए । तालमा सञ्चालन गरिने डुङगा पनि अपाङगमैत्री बनाए आफुहरुलाई अझै सहज हुने उनको भनाइ रहेको थियो ।

cabul-car
अपांगमैत्री संरचना भन्दा पनि आफुहरुलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, काठमाण्डौ , चितवन र पोखराको नाम सुनेको र एकपटक पुग्नै पर्छ भन्ने सोचेर आफुहरु १४ दिने भ्रमणमा नेपाल आएको वताए । आफुहरुले नेपालको बारेमा इजरायलमा गएर अन्य ह्वीलचियर प्रयोग कर्तालाई समेत जानकारी दिने र आगामी दिनमा आफुहरु जस्ता पर्यटकहरुलाई नेपाल घुम्न आग्रह गर्ने समेत उनको भनाइ रहेको थियो । काठमाण्डौको साझा बस र चन्द्रागिरी र मनकामना सञ्चालित केवुलकार र पोखराको फेवातालमा डुङगा शयर गरेका उनीहरुले बस, केबुलकार , डुङगा र होटलहरुमा पनि अपांगमैत्री ब्यवस्था बनाएका खण्डमा आफुहरुलाई सजिलो हुने समेत उनले वताए ।

boating-with-wheelchear

इजरायली पर्यटकलाई नेपाल घुम्नको लागी केही वर्ष इजरायलमै सामाजिक क्षेत्रमा काम गरेकी काठमाण्डौकी जुना केसीले ब्यवस्था मिलाएकी थिइन । आफुले नेपालमा अपांगमैत्री बातावरण नभएतापनि पर्यटकको आग्रहकै भरमा नेपालको भ्रमण गराएकी बताइन । आगामी दिनमा अपांगमैत्री सवारी, होटलमा ट्वाइलेटको ब्यवस्था गरेको खण्डमा ह्वीलचियर प्रयोगकर्तामात्र नभइ अन्य अपांगहरुलाई समेत घुम्न र बस्नको लागी सहज हुने उनको भनाइ रहेको थियो ।

अहिले मात्र नभइ अघिल्लो वर्षहरुमा पनि अपाङ भएका पर्यटकहरु पोखरा आउने गरेका छन । अझैसम्म पनि नेपाल सरकारले अपांगमैत्री संरचनाहरु बनाउन नसक्दा यस्ता पर्यटकहरुले सास्ती खेप्नुपरेको पोखराका पर्यटन ब्यवशायी नरेश भट्टराइले वताए । सरकारले एयरपोर्ट , विभिन्न पर्यटकीय स्थलहरुमा यस्ता संरचनाहरु बनाउन सकेको खण्डमा यस्ता पर्यटकहरुलाई सहज रुपमा बसोवास र हिडडुल गर्न सक्ने वताउदै सवारी साधन, होटलहरुमा पनि नया होटलहरुमा अपांगमैत्री रुमहरु निर्माण भइरहेको उनको भनाइ रहेको थियो ।

dsc_1659

नेपाल प्राकृतिक मनोरमले भरिपूर्ण देश भएको र यहां विभिन्न शाहसिक, मनोरम दृश्य अवलोकन लगायत विभिन्न क्रियाकलापमा सहभागी हुने पर्यटकहरु आउने गर्दछन । अन्य पर्यटक भन्दा अपांगहरु अति संवेदनशील हुने भएकाले उनीहरुलाई यातायातका साधन, मनोरन्जनात्मक क्रियाकलाप, अपांगमैत्री हुनुपर्ने भएकाले यसबारेमा सम्बन्धित निकायले ध्यान दिएको खण्डमा अपांग भएका बिदेशी पर्यटकहरुको नेपाल घुम्ने संख्यामा बृद्धि हुने थियो ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Find us on Facebook